Logo

राप्रपाले सरकार छाड्ने



काठमाडौं १८ बैशाख । सत्तारुढ दल राप्रपाले सरकार छोड्ने भएकोे छ । स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप भएको भन्दै सोमबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकार छोड्ने औपचारिक निर्णय लिन लागेको राप्रपा उच्च स्रोतले जानकारी दियो ।

‘सोमबार विहान बैठक बसेर सरकार छाडेको औपचारिक घोषणा गर्छौं, सरकारले गरेको निर्णयबारे सरकारमै भएका दल र मन्त्रीलाई जानकारी हुँदैन भने सरकारमा बसिरहनु उचित छैन,’ अध्यक्ष कमल थापा निकट स्रोतले भन्यो । राजधानी दैनिकले समाचार छापेको छ ।

राप्रपाले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनु आपत्तिजनक भन्दै स्वतन्त्र न्यायापालिकामाथि हस्तक्षेप भएको र यसले गम्भीर परिस्थितिको सिर्जना गरेको भन्दै सरकारबाट बाहिरिने निर्णय गर्ने तयारी गरेको हो ।

यसअघि राप्रपा अध्यक्ष तथा उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले महाअभियोग प्रस्तावको विषयमा सामाजिक सञ्जालमा ट्वीट गर्दै महाअभियोग प्रस्ताव न्यायिक स्वतन्त्रतामाथिको अम्भीर आक्रमण भएको लेखेका थिए ।

उनले ट्विटमा, ‘प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध कांग्रेस र माओवादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक, दुर्भाग्यपूर्ण र न्यायिक स्वतन्त्रतामाथिको गम्भीर आक्रमण’ भनेका छन् ।

राप्रपाले सरकार छाडेर समर्थन फिर्ता लिए पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा पर्ने छ ।



प्रतिक्रिया दिनुहोस्