Logo

प्रधानमन्त्री संसद विघठन गर्ने तयारीमा



काठमाडौं १८ बैशाख । देशमा बदलिदो राजनीतिक खिचातानीसंगै प्रधानपमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तनावमा परेका छन् । उनले संसद विघठनको तयारी गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावसँगै नयाँ धुव्रीकरण देखिएपछि प्रधानमन्त्रीले संसद विघठन गर्ने र चुनाव पनि सार्ने तयारी गरेका छन् । स्रोतका अनुसार उनले संसद विघठनको तयारकिा लागि आन्तरिक छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्रीले स्थानिय चुनाव कमजोर भएको, संसोधन प्रस्ताव पारित हुने सम्भावना नदेखिएको, राप्रपाले सरकार छाड्ने तयारी गरेकाले संसद विघठन गरेर राजनीतिलाई नयाँ बाटोमा लैजान खोजेको स्रोतको दावी छ । ‘प्रधानमन्त्री संसद विघठनको छलफलमा पनि लागेका छन्’ स्रोतले भन्यो ‘कुनैबेला घोषणा भयो भने आश्चर्य नमाने हुन्छ ।’ कांग्रेसका सभापति शेरबहादुर देउवाको दवावमा महाअभियोग ल्याइएको प्रधानमन्त्रीले बआन्तरिक छलफलमा बताएका छन् । संसद विघठन गरेर सरकार पनि नछाड्ने र संसद र स्थानिय चुनाव एकै पटक गर्ने तयारीमा प्रचण्ड लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्