Logo

राप्रपा पार्टी सरकारमा रहने कमल थापाले सरकार छाड्ने



काठमाडौं १८ बैशाख । सरकारमा सहभागि तेस्रो ठ्लो दल राप्रपाले सरकारबाट बाहिरिने वषयमा नयाँ रणनीतिक छलफल सुरु गरेको छ । सत्तासिन प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपछि त्यसमा असहमति जनाउँदै राप्रपाले सरकार छाड्ने निर्णय गर्न लागेको हो । तर पार्टी सरकारा रहने र उपप्रधान तथा संघिय मामिला मन्त्री कमल थापाले सरकार छाड्ने विषयमा छलफल सुरु भएको छ ।

राप्रपा अध्यक्ष कमल थापा, बरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द र पशुपति समशेर राणाबीच अहिले छलफल भइरहेको छ । पार्टी केन्द्रीय कार्यसमितिको समितिको बैठक बस्नुअघि तीननेताबीच सरकार छाड्ने वा रहनेमा धारणा बन्नेछ । बिहान ११ बजेका लागि बोलार्ईएको सो बैठकले यस बिषयमा औपचारिक निर्णय गर्ने तयारी गरेको छ ।

महाअभियोगका विषयमा छलफल नगरेको र अनाबश्यक रुपमा प्रस्ताव ल्याइएको भन्दै राप्रपाले सरकार छाड्ने निस्कर्ष निकालेको नेता राणाले रिपोटर्स नेपालडटकमलाई जानकारी दिए । उनले थापा सरकारबाट बाहिरने तर पार्टी रहने विषयमा पनि नयाँ धारणा आएकाले त्यसमा पनि छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्