Logo

इङ्लिस प्रिमियर लिगमा चेल्सीको अग्रता कायमै



काठमाडौं, १८ वैशाख । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा चेल्सी र टोटनह्याम हट्सपर विजयी भएका छन् ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले एभर्टनलाई उसैको मैदानमा ३–० ले हरायो । खेलमा चेल्सीलाई विजयी गराउन पेड्रो रोड्रिग्वेज, ग्यारी केहील र विलियनले एक–एक गोल गरे ।

गएराति भएको अर्को खेलमा टोटनह्याम हट्सपरले आर्सनललाई २-० ले पराजित गर्‍यो । टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन डेले अलीले पहिलो गोल गरे । यसको ७५ सेकेण्डपछि ह्यारी केनले पेनाल्टी मार्फत दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

इङ्लिस प्रिमियर लिगअन्तर्गतका अन्य खेलहरुमा म्यान्चेस्टर युनाईटेडले स्वान्सी सिटीसँग १–१ गोलको तथा म्यान्चेस्टर सिटीले मिडिल्सब्रोसँग २–२ गोलको बराबरी खेलेका छन् ।

गएरातिका खेलपछि प्रिमियर लिगको उपाधि भिडन्त रोचक बनेको छ । लिगमा चार खेल मात्रै बाँकी छँदा शीर्ष स्थानको चेल्सीको ८१ अंक छ भने ७७ अंकको साथ टोटनह्याम दोस्रो स्थानमा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्