Logo

प्रधानमन्त्री दाहाल र ओलीवीच ४५ मिनेट भेटवार्ता



काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच आज सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालयमा करिब ४५ मिनेट लामो भेटवार्ता भएको छ ।

आईतबार दिउँसो भएको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा गम्भिर समिक्षा भएको सूत्रहरुले बताएका छन् । त्यस्तै प्रधानमन्त्रीले निर्वाचनको मुखमा गृहमन्त्री विमलेन्द्र निधिले राजिनामा दिएको, यसपछि उत्पन्न हुन सक्ने अवस्थाहरुको बारेमा समेत एमाले अध्यक्ष ओलीसँग कुराकानी गरेका छन् ।

प्रधानन्यायाधिश सुशिला कार्कीमाथि महाअभियोग लगाएको विषय, स्थानीय तहको निर्वाचन घोषित मितिमै सम्पन्न गर्नुपर्ने, संविधान संशोधन प्रस्तावका विषयमा दुई नेताहरुवीच कुराकानी भएको छ ।



प्रतिक्रिया दिनुहोस्