Logo

महाअभियोग प्रस्ताब कुनै हालतमा पास हुन दिँदैनौं : सचिव आचार्य



काठमाडौं, १८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले प्रधानन्यायाधिश कार्कीले साहसिक र उल्लेखनीय भूमिका खेलेको बताउँदै कार्कीविरुद्ध महाअभियोग लगाउनु अत्यन्तै खेदजनक र दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै आचार्यले प्रधानन्यायाधिश कार्कीले सरकारको स्वेच्छाचारी निर्णय रोकेकोले प्रतिशोध साँधेको समेत आरोप लगाए । उनले भने,‘सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले महाअभियोग प्रस्ताव पेश गरेर गलत गरे, यो स्वतन्त्र न्यायपालिकालाई अपहरण हो ।’ उनले महाअभियोग प्रस्तावको आफ्नो पार्टील घोर भत्र्सना गर्ने निर्णय गरेको समेत जानकारी दिए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै आचार्यले भने,‘यो महाअभियोग प्रस्ताबप्रति हामी चकित छौ, यसले न्यापालिकालाइ कमजोर बनाउने खेल भएको छ यो प्रस्ताबप्रति हाम्रो घोर आपत्ति छ, प्रस्ताब कुनै हालतमा पास हुन दिँदैनौं ।’

उनले लोकमान र प्रधनन्यायाधीशको बिषय आकास र जमिनको फरक रहेको समेत स्पष्ट पारे । उनले भने,‘प्रधानन्यायाधिश कार्की स्वभाविक प्रक्रियाबाट नियुक्ती हुनुभएको हो, तर लोकमानको नियुक्तीको बारेमा मैले त पहिलेदेखि नै विरोध गरेको छु, संसदलाई छलेर नियुक्ती गरिएको थियो, त्यसैले लोकमान र सुशिलाको विषय आकाश र जमिनको फरक छ।’



प्रतिक्रिया दिनुहोस्