Logo

सरकारबाट बाहिरिए पार्टी फुटाउने मन्त्रीहरुको चेतावनीपछि थापा अन्यौलमा



काठमाडौं, १८ बैशाख । सत्तारुढ दल राप्रपाको आज विहानै बस्ने भनिएको बैठक एकाएक स्थगित् भएर आजै साँझको लागि पूनः तय भएको छ ।

आज विहान ११ बजेका लागि तय भएको बैठक दुईपटक स्थगित हुँदै बेलुकी ५ बजे बस्ने भएको छ । हिजै सरकारबाट बाहिरिन खबरले सनसनी मच्याएपछि पार्टीभित्र यसबारेमा तिव्र विवाद उत्पन्न भएको छ ।

प्रधानन्यायाधिश सुशिला कार्कीमाथि सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका २४९ सांसदहरुको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै राप्रपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री कमल थापाले ट्विट गर्दै दुर्भाग्यपूर्ण भएको टिप्प्णी गरेका थिए ।

अध्यक्ष थापाले आज बिहान पार्टीको बैठक राखी वर्तमान सरकारबाट अलग्गिने निर्णय गर्ने पूर्वअनुमान गरिएको थियो । तर सरकारमै रहेका पार्टीका प्रभावशाली मन्त्रीद्धय दिपक बोहरा र दिलनाथ गिरीको कडा चेतावनीपछि अध्यक्ष थापा एकाएक पछि हटेका हुन् । सरकारबाट बाहिरिए पार्टी नै फुटाउने समेतको चेतावनी मन्त्री बोहराले दिएपछि थापा एकाएक उक्त निर्णयबाट ब्याक भएको स्रोतको दाबी छ ।

थापाले बेलुकी ५ बजेका लागि अर्काे बैठक बोलाएका छन् । यसैबीच उनी शीतलनिवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट समेत गरिसकेका छन् ।
सरकारबाट बाहिर नजान अध्यक्ष थापालाई प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो साँझको भेटमा अनुरोध गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्