Logo

‘म यस्तो गीत गाउँछु’को शीर्ष गीत रिलिज



काठमाडौं, १८ बैशाख ।  चलचित्रकी मुख्य नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर ‘म यस्तो गीत गाउँछु’को शीर्ष गीत सार्वजनिक गरिएको छ । नायिका पुजा शर्माको जन्मदिनको अवसरमा चलचित्रको ‘भन्छु आज’ बोलको प्रेमगीत सार्वजनिक गरिएको हो । गीतको भिडियो उत्कृष्ट बनेको छ । त्यस्तै, नायिका पूजा शर्मा र पल शाहको केमेष्ट्री झन लोभलाग्दो रहेको छ ।

लोकेशन, सम्पादन, कोरियोग्राफी र छायांकनले उत्कृष्ट बनेको भिडियोबाटै फिल्मको मेकिङ स्पष्ट झल्किन्छ । सुदर्शन थापाको शब्द रहेको गीतमा अर्जुन पोख्रेलको संगीत छ । सुगम पोख्रेल र अन्जु पन्तको वजनदार आवाज समाबेश गीतले बजार पिट्नेमा शंका छैन् । गीतको भिडियो हेरिरहँदा धेरै दृश्यहरुले फिल्म प्रेमगीतु को शीर्ष गीतम यस्तो गीत गाउँछु’को आभाष गराउँछ । पल र पूजालाई गीतको भिडियोमा कोरियोग्राफर कविराज गहतराजले नचाउन सिकाएका हुन् ।

पूजा र पलका अलवा चलचित्र ‘म यस्तो गीत गाउँछु’मा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सुदर्शन थापा र पुजा शर्माको लगानीमा बनेको यो फिल्मलाई सुदर्शन आफैले निर्देशन गरेका हुन् । यो फिल्म असार ३० गतेबाट अलनेपाल रिलिज हुँदैछ ।

यो चलचित्र बर्ष २०७२ मा रिलिज भएको सुपरहिट चलचित्र ‘प्रेमगीत’को शीर्ष गीत ‘म यस्तो गीत गाउँछु’बाट सापटी लिएर निर्माण गरिएको हो ।‘प्रेमगीत’मा नायिका पूजा शर्माको जोडी प्रदीप खड्कासँग बाँधिएको थियो । ‘प्रेमगीत’लाई निर्देशक सुदर्शन थापाले नै निर्देशन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्