Logo

जूनले डाह गर्छ प्रिया तिमी मुस्कुराउदा : सरोवर



काठमाडौं, १८ बैशाख । आजको सर्जक र र्सिजनामा हिमाल सरोवरको गजल

गजल
डेरा जमायौ यी आँखामा अनौठो लाग्छ।
तिम्रै बिम्ब देख्छु छायामा अनौठो लाग्छ।

कसरी भयो हाम्रो प्यार थाहा छैन यार।।
माया बसेछ कुरै कुरामा अनौठो लाग्छ।

जूनले डाह गर्छ प्रिया तिमी मुस्कुराउदा
के जादु छ तिम्रो चेहरामा अनौठो लाग्छ।

सम्बन्ध यस्तो नुर हुनुपर्छ,सदिच्छा यै हो
तौलिन्छ सम्बन्ध सिसामा अनौठो लाग्छ।

तिम्रो खोजीमा सृष्टि खोतल्छु सधैं सधैं
फरकै छैन म र भमरामा अनौठो लाग्छ।

तिमी एक दिप हौ,मीठो मीठो संगित हौ
क्या कला छ सुन्दरतामा अनौठो लाग्छ।



प्रतिक्रिया दिनुहोस्