Logo

बन्दुकधारीको गोली प्रहारबाट एकको मृत्यु छ घाइते



सान डिएगो ( संयुक्त राज्य अमेरिका), १८ वैशाख । सान डिएगोमा रहेको युनिभर्सिटी अफ क्यालिफोर्नियानजिकै रहेको एक अपार्टमेन्ट भइरहेको जन्म दिनको पार्टीमा आइतबार एक बन्दुधारीले गोली प्रहार गर्दा सात व्यक्ति घाइते भएका थिए । प्रहरीको कारबाहीको क्रममा सो बन्दुकधारी पनि मारिएका छन् ।

बन्दुक आक्रमणमा घाइते भएका चार महिला र तीन पुरुषलाई उपचारार्थ अस्पताल लगिएको र एक महिलाको भने अस्पतालमा मृत्यु भएको सो इलाकाका प्रहरी प्रमुखले जानकारी दिएका छन् ।

साठी तले यस अपार्टमेन्टमा स्थानीय समयानुसार आइतबार बेलुका ६ बजे यो घटना भएको थियो । सो घटनामा घाइते भएका व्यक्तिको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
यस घटनाको अनुसन्धान भइरहेको विस्तृत विवरण प्राप्त नभएको बताइएको छ । प्रहरी यस घटनाका संदिग्ध दोषी ४९ वर्षीय पुरुष प्रहरीका गोली प्रहारबाट मारिएका छन् । रासस/एपी



प्रतिक्रिया दिनुहोस्