Logo

नयाँ शक्ति पार्टीद्धारा स्थानीय तहको चुनावका लागि घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)



काठमाडौँ, १८ बैशाख । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले स्थानीय तहको चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार प्रतिवद्धतापत्र जारी  भएको छ ।

‘अबको निकास, आर्थिक विकास’ ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ जस्ता नाराहरुका साथ पार्टी गठन गरेको नयाँ शक्तिले स्थानीय चुनावमा ‘अरुले गर्छन् कुरा, हामी गर्छौं पूरा’ भन्ने नयाँ नारासमेत तय गरेको छ ।

नयाँ शक्तिले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा आर्थिक बृद्धिलाई सवैभन्दा बढि जोड दिएको छ । उसले सार्वजनिक गरेको प्रतिवद्धता प्रत्रमा ५ वर्ष देखि २५ वर्षसम्मका योजना तयार गरेको छ ।

नयाँ शक्तिले २५ बर्षमा प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पुर्याउने परिकल्पना गरेको छ ।त्यस्तै ५ वर्षमा कुल ग्रार्हस्थ बचत कुल ग्रार्हस्थ उत्पादनको २० प्रतिशत पुर्याउने प्रतिबद्धता पनि जनाएको छ ।

बार्षिक तीन लाख रोजगारी रोजगारी सिर्जना गरी रोजगारीमा जानेको संख्या प्रतिदिन ५०० मा झार्ने, १५ बर्ष मुनि र ६५ बर्षमा माथिकालाई निशुल्क स्वास्थ्य सेवा प्रबाह गर्ने, विद्यालय जाने उमेरका बालबालिका विद्यालय जाने प्रतिशतलाई शत प्रतिशत पु¥याउने र उच्च माध्यमिक तहमा पढ्नेहरुको प्रतिशत ८० पु¥याउने सुचाङक सार्वजनिक गरेको छ । नयाँ शक्तिले प्रत्येक घरमा केन्द्रीय ग्रिडको विद्युत पुर्याउन ५ बर्षमा ४ हजार मेगावाट विद्युत उत्पादन गरिने तथा साथै प्रत्येक घरमा ब्रोडब्याण्ड इन्टरनेट कनेक्टिभिटी पु¥याउन सकिने व्यवस्था गरिने जनाएको छ ।

एकीकृत बस्ती विकास र शहरी विकास गरी शहरी विकास सूचकाङ्क ७५ प्रतिशत भन्दा माथि हुने शहरी जनसंख्या ३० प्रतिशत पु¥याउने उसको योजना छ । दुईवटा उत्तर–दक्षिण आर्थिक करिडर सञ्चालनमा ल्याउने योजना बनाएको नयाा शक्तिले पर्यटन क्षेत्रको आधुनिकीकरण गरी वार्षिक रूपमा नेपाल आउने पर्यटकहरूको संख्या २० लाख पु¥याउने लक्ष्य लिएको छ । खेलकुदको विकासको लागि एक अन्तर्राष्ट्रिय स्तरको रंगशाला, एक खेलकुद महाविद्यालय, प्रत्येक प्रदेशमा १/१ वटा रङ्गशाला बनाउने योजना सार्वजनिक गरेको छ ।

५१ पृष्ठ लामो घोषणा पत्रमा ‘अवको निकाश, आर्थिक विकास–समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने मुख्य नारा तय गरिएको छ । ५ देखि २५ बर्षभित्र गर्न आर्थिक विकासका लागि गर्न सकिने कामदेखि स्थानीय सरकार कसरी चलाउने भन्नेसम्मका विषय प्रतिबद्धता पत्रमा समेटिएको छ ।

आर्थिक क्रान्तिको लहर ल्याउन सबै विकासविरोधी पुराना सोंच, शैली, नियम कानून, प्रणालीलाई निर्ममतापूर्वक भत्काएर नयाँले विस्थापन गर्न जरुरी रहेको नायाँ शक्तिको निश्कर्ष छ । उसले विश्वभर र नेपालका सर्वश्रेष्ठ विकास विज्ञहरुको सहयोग र निजी क्षेत्र समेतको सहभागितामा नेपालमा तीब्र आर्थिक क्रान्तिको रणनीतिक योजना र त्यसनिम्ति आवश्यक नीतिगत, कानूनी, संस्थागत परिवर्तनको कार्ययोजना बनाएर कडाइपूर्वक कार्यान्वयन गर्ने आफ्नो प्रतिबद्धतामा उल्लेख गरेको छ । उसले घोषणापत्रमा भनेको छ,

 

नयाँ शक्तिका यस्ता छन् ‘स्मार्ट नगरपालिका’ योजना

आर्थिक विकास र समृद्धिका लक्ष्यहरू

–नयाँ शक्ति पार्टीले समृद्ध मुलुक निर्माणका लागि ५ वर्षे, १५ वर्षे र २५ वर्षे लक्ष्यहरू तय गरेको छ । त्यसमा अवको ५ वर्ष अर्थात् सन् २०२२ सम्ममा आम गरीवीको अन्त्य गर्दै मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नती गर्ने जनाएको छ । सन् २०३० सम्ममा दीगो विकासका लक्ष्यहरू हासिल गर्दै नेपाली जनताको जीवनस्तरलाई विश्वका मध्यम आय भएको मुलुकको दर्जामा पु¥याउने र सन् २०४० सम्ममा मुलुकलाई विकासको उन्नत तथा उच्चस्तरमा पु¥याउने नयाँ शक्तिले आफ्नोघोषणापत्रमा समेटेको छ ।

लगानीका स्रोतहरू : – मुलुक भित्र र वाहिर रहेका नेपालीहरुको आम्दानी, मूलतः उपभोगमा खर्च गर्ने प्रवृत्तिलाई वचत गर्न प्रोत्साहन गर्ने र उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाइने नयाँ शक्तिले जनाएको छ ।

–विदेशी प्रत्यक्ष लगानीको लागि उपयुक्त वातावरण तयार गरिनेछ । यसरी सरकारी तथा निजी, स्वदेशी तथा विदेशी लगानीलाई प्रभावकारी तरिकाले परिचालन गरी, सन् २०२२ सम्म स्थीर पूँजीको अंश कूल गार्हस्थ उत्पादनको ३५ प्रतिशत, सन् २०३० सम्म औसतमा ४० प्रतिशत र सन् २०४० सम्ममा ४५ प्रतिशत पु¥याएर दुई अंकको वृद्धिदर हासिल गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्