Logo

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एक घाईते



रमित बि.क. : बाजुरा, १८बैशाख । बझागं जिल्लाको केदार स्यु गाउँपालिका वडा नं. ९ झोतामा ट्याक्टर दुर्घटना भएको छ ।

ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । सोमबार दिउँसो झोताबाट झनानातर्फ जाँदै गरेको से १ त ९५३२ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ ट्याक्टर चालक कैलाली जिल्ला फल्डुडे घर भएका प्रकाश खड्काको घटना स्थलमै मृत्यु भएको हो भने कञ्चनपुर जिल्ला घर भएका ट्याक्टर मालिक धिरेन्द्र सिंह घाईते भएको जिल्ला प्रहरी कार्यालय बझागंका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले बताएका छन् ।

ट्याक्टर करिव १२ मिटर तल खसेको बताईएको छ । ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई रहेको छ ।



प्रतिक्रिया दिनुहोस्