Logo

दाहालसँगको भेटवार्ता बिचमै छोडेर किन हिँडे ओली ?



काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भाउ नदिएको खुल्न आएको छ ।

सोमबार भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमूख प्रतिपक्षी दल ने.क.पा. (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ताको क्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई बेवास्ता गरेको बुझिएको छ । आज दिउँसो सभामूख ओनसरी घर्तीमगरको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी गर्न भेला भएको दुई नेताहरुवीच सौहार्दपूर्ण वातावरणमा कुराकानी नभएको स्रोतको दाबी छ ।

भेटमा प्रधानमन्त्रीले संविधान संशोधन विद्येयक, संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव, स्थानीय तहको निर्वाचन र बजेटका विषयमा सहमतिका साथ अघि बढ्ने नेता ओलीलाई आग्रह गरेका थिए । तर ओलीले प्रधानमन्त्रीको आग्रहलाई फिल्मी शैलीमा उडाईदिएका थिए ।

हुन त प्रधानमन्त्री दाहालको निजी सचिवालयले भेटमा प्रधानमन्त्री र नेता ओलीबीच राजनीतिक परिस्थितिका विषयमा खुलेर कुराकानी भएको दाबी गरेको छ । तर ओलीले प्रचण्डको कुरालाई खासै वास्ता गरेको सूत्रहरुले दाबी गरेका छन् । ‘अरु दिनका भेटवार्ताजस्तो सौहार्दपूर्ण वातावरणमा कुराकानी भएन्, ओलीले आज खासै वास्ता र गम्भिर भएर प्रधानमन्त्रीको कुरा सुनेन’ स्रोतको दाबी छ ।

प्रधानमन्त्रीले बैशाख ३१ गतेको निर्वाचन कुनै हालतमा नरोकिने जानकारी गराउँदै सम्पूर्ण राजनीतिक दलहरु मिलेर निर्वाचनलाई उत्सवका रुपमा सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए । ओलीले यसबारेमा कुनै प्रतिक्रिया नदिई बिचमै प्रधानमन्त्रीको कुरालाई राखेर आफू निकै हतारमा रहेको भन्दै पार्टीको घोषणापत्र सार्वजनिक गर्नुपर्ने कार्यक्रमस्थल् हुँईकिएका थिए ।



प्रतिक्रिया दिनुहोस्