Logo

महाअभियोग प्रस्ताव पारित हुने विश्वास छ : टेकबहादुर बस्नेत(समर्थक)



प्रधानन्यायाधिश सुशिला कार्कीमाथि सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रका २४९ सांसदहरुको हस्ताक्षरसहितको महाअभियोगको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावका प्रस्तावकमा काँग्रेसका मीन विश्वकर्मा र समर्थकमा माओवादी केन्द्रका सचेतक टेकबहादुर बस्नेत रहेका छन् । महाअभियोग प्रस्तावका समर्थक बस्नेतले प्रधानन्यायाधिश कार्कीले कार्यपालीका र न्यायपालिकाबीचको दुरी बढाउने काम गरेकोले बाध्य भएर महाअभियोग प्रस्ताव दर्ता गराएको स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलाले बस्नेतसँग गरेको कुराकानीको सम्पादित अंश :

प्रधानन्यायाधीश सुशिला कार्कीलाई महाअभियोग किन लगाउन खोज्नु भयो ?

नेपाली जनता र कार्यपालिका व्यवस्थापिका र न्यायपालिका सबैलाई केही हदसम्म थाहा छ । बाँकि बिस्तारै जाँनिदै जाने विषय हो । कार्यपालिकाको आफ्नै अधिकार हुन्छ । आफ्नै सिद्धान्त हुन्छन् । कार्कीले कार्यपालीका र न्यायपालिकाबीचको दुरी बढाउने काम गर्नुभयो । त्यसैको परिणाम हो महाअभियोग प्रस्ताव । आफ्ना लक्ष्य पुरा गर्नुपर्ने हुन्छ ।

एमाले र राप्रपाले यो कदमको खरो बिरोध जनाएको छ ?

हाम्रो दृष्टिकोणमा हामी सही छौँ। यसबाट जुन परिणाम आउँछ त्यसको सामना गर्न हामी तयार छौँ।

यो त अधिनायकवादको अभ्यासको सुरुवात हो भन्ने कुरा बाहीर आएको छ नि ?

छलफलको माध्ययमबाट यसको रिजल्ट आउँछ । अहिले नै यो प्रस्तावको बारेमा अनर्थ लगाउन मिल्दैन । संसदमा दुई तिहाईले पारित हुनुपर्छ ।

कार्यपालिका र न्यायलयबीचको दुरी लम्बियो नि ?

यो कुरा सही हो । राज्यका माथिल्ला निकायमा बसेर काम गर्ने व्यक्तिले कुन मनस्थितिले गर्ने या न्यायलयको धर्म मर्ममा रहेर गर्ने भन्ने कुरा आउछ । कसैले काम पाउदै नपाउने । कसैले काम पाएको पाएई। यस्तो गर्नु उचित हुँदैन होला नि ।

राम्रा काम पनि गर्नु भएको थियो नि ? बालकृष्ण ढुङगेललाई पक्राउ गर्न आदेश दिएको झोंकमा यस्तो गर्नु भयो है ?

कुरा यतिमात्रै होईन। प्रहरी नियूक्तिमा जुन हमला गर्नुभयो, त्यो न्यायलयको हित विपति हो। अधिकार मात्रै प्रयोग गर्ने होईन । केही सिमा पनि लागु हुन्छन् नि ।

महाअभियोग प्रस्ताव पारित गर्नभन्दा पनि वरिष्टतम् न्यायाधीश गोपाल पराजुलिलाई न्यायाधीश बनाउनको लागि ल्याउनु भएको हो ?

यो के भएको हो भन्ने कुरा निश्कर्षमा पुग्नेबेला मात्रै थाहा हुन्छ । हामीले व्यक्ति भन्दापनि न्यायलयको सिङ्गो हित हुनेगरि काम गर्न खोजेका छौँ ।

हस्ताक्षर रहेका सांसदहरू नै अलमलमा छन नि ?

हस्ताक्षर गर्नेकुरामा सबै यसका बारेमा जानकारी थिएन । केही हतार भएको थियो नै । यो निर्णयमा जानको लागि समयपनि यस्तै थियो ।

रातारात किर्ते काम गरेको होईन ?

त्यसो त होईन ।

रामनायण बिडारीले हामीले कुनै जानकारी छैन भन्नु भएको छ ?

कसैको हस्ताक्षरपनि दुरुपयोग भएको छैन । बरु सदुपयोग भएको छ ।

एमाले र राप्रपाले साथ नदिएको खण्डमा महाअभियोग पारित हुन्छ ?

पारित गर्ने विश्वासको आधारमा ल्याएको हो ।



प्रतिक्रिया दिनुहोस्