Logo

उम्मेदवारी दर्ता कार्यक्रमको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग



काठमाडौं, १८ बैशाख । निर्वाचन आयोगले मंगलबारको लागि तय गरिएको उम्मेदवारी दर्ता कार्यक्रमकोको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी वैशाख ३१ गते तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहका लागि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले स्थानीय निर्वाचन जनप्रतिनिधिको रिक्तताको अन्त्य गर्दै स्थानीय सरकार निर्माण गर्ने महत्वपूर्ण अवसर भएको भन्दै निर्वाचनलाई पर्वका रूमा लिएर उत्साहका साथ उम्मेदवारी दर्ता गराउन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसँग अनुरोध गरे ।

उनले आयोगका पूर्व निर्धारित निर्वाचनका कार्यक्रममा कुनै फेरबदल नहुने भएकाले भन्दै सबै मतदाता र राजनीतिक दलहरुलाई मनोनयन दर्ता गराउन समेत आह्वान गरे ।



प्रतिक्रिया दिनुहोस्