Logo

महाअभियोगको विरोधमा नागरिक संजालद्धारा प्रर्दशन (फोटोफिचर)



काठमाडौं, १८ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सरकारले आइतबार संसद्‍मा महाअभियोग प्रस्ताव दर्ता गराएको विरोधमा नागरिक संजालले सोमबार राजधानीमा प्रर्दशन गरेको छ।

विभिन्न ४८ वटा संघसंस्थाले संयुक्तरुपमा राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकालेका हुन्। माइतीघर मण्डलाबाट निस्किएको र्‍याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नागरिक अगुवाले सम्बोधन गरेका थिए।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्