Logo

मर्यादाक्रमको विवादमा रहेका निधि र थापालाई महाअभियोगको हावाले उडायो



काठमाडौं, १८ बैशाख । दुई दिन यता नेपाली राजनीतिमा एकपछि अर्को तरँग पैदा भैरहेको छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदहरुले प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरे लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारका उपप्रधानमन्त्रीद्धय विमलेन्द्र निधि र कमल थापाले राजिनामा दिएका छन् ।

संयोग कस्तो भने ? दुवै उपप्रधानमन्त्रीहरुवीच पछिल्लो समय मर्यादाक्रमलाई लिएर विवाद उत्पन्न भएको थियो । कतिसम्म भने निधिले त मन्त्रिपरिषद बैठक नै बहिष्कार गरेका थिए । दुवैले आफु नै दोस्रो वरियतामा हुनुपर्ने जिकिर गर्दै आएका थिए । प्रधानमनन्त्री दाहाललाई दुवै उपप्रधानमन्त्री घाँडो भएको थियो । उनले खुलेर कुनै एक उपप्रधानमन्त्रीको पक्षमा वकालत समेत गर्न सकेका थिएनन् । वर्तमान सरकारको प्रमुख साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीका नेता विमलेन्द्रको पक्षमा अडान समेत लिएनन् । सभापति देउवा र निधिवीच ठूलै द्धन्द्ध र करार उत्पन्न भएको थियो ।

आईतबार सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानन्यायधिश कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गराएलगत्तै वर्तमान सरकारका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजिनामा दिए थिए।

त्यसको भोलिपल्टै आज अर्थात सोमबार साँझ सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीलेपनि सरकारबाट समर्थन फिर्ता लिएको छ । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापासहित अन्य तीन जना र एक जना राज्यमन्त्रीले पनि आजै राजिनामा दिएका छन् ।

दुवै उपप्रधानमन्त्रीले कार्कीविरुद्धको महाअभियोग गलत र दुर्भाग्य भएको भन्दै राजिनामा दिएका हुन् । दुवै उपप्रधानमन्त्रीको राजिनामासँगै अब यी दुईको उपप्रधानमन्त्रीको वरियताक्रमको विवाद पनि सदाको लागि सहिद बनेको छ ।

यो पनि पढ्नुहोस : 



प्रतिक्रिया दिनुहोस्