Logo

कांग्रेसद्वारा ललितपुरमा उम्मेदवारी घोषणा



काठमाडौं १९ बैशाख । कांग्रेस जिल्ला समितिले ललितपुर जिल्लाका महानगर, दुई नगर र तीनवटै गाउँपालिकामा उम्मेदवार घोषणा गरेको छ । कांग्रेस जिल्ला समितिका अनुसार ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याललाई उम्मेदवार बनाइएको छ । महर्जन ललितपुर वडा नं. ३ का पूर्व अध्यक्ष हुन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका नेता हुन् ।

कांग्रेसले गोदावरी नगरपालिकाको मेयरमा गजेन्द्र महर्जन र उपमेयरमा मुना अधिकारी, महालक्ष्मी नगरपालिकाको मेयरमा महेश खडका र उपमेयरमा लक्ष्मी श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

बागमती गाउँपालिकाको प्रमुखमा बीरबहादुर लोपचन र उपप्रमुखमा रञ्जना तिम्लिसेना, महाँकाल गाउँपालिका प्रमुखमा भीमसेन घिमिरे र उपप्रमुखमा सुशिला अधिकारी, कन्ज्योस्योम गाउँपालिकामा राजनप्रसाद घिमिरे र उप्रमुखमा लक्ष्मीमाया लोपचन उम्मेदवार बनाइएको छ ।

मनोनयन दर्ता गर्नुअघिल्लो दिन सोमबार साझसम्म एमाले, माओवादी केन्द्र र राप्रपाले उम्मेदवार तय गरिसकेका छैनन् । ती पार्टीले मंगलबार बिहानसम्म महानगर, नगर र गाउँपालिकामा उम्मेदवार घोषणा गर्ने जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्