Logo

लिभरपुलद्धारा वाट्फोर्ड पराजित



काठमाडौं, १९ बैशाख । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई १-० ले हराएको छ । वाट्फोर्डको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन एम्रे च्यानले निर्णायक गोल गरे ।

जितसँगै लिभरपुलले जारी लिगको शीर्ष चारमा पर्ने सम्भावना बलियो पारेको छ । लिगमा ३५ खेलबाट लिभरपुलको ६९ अंक छ । एक खेल कम खेलेको चेल्सी ८१ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको टोटनह्यामको ७७ अंक छ ।

लिभरपुलभन्दा तल रहेका म्यान्चेस्टर सिटीको ६६ अंक तथा म्यानचेस्टर युनाईटेडको ६५ अंक रहेको छ ।



प्रतिक्रिया दिनुहोस्