Logo

मुम्बई इन्डियन्स इपीएलको प्लेअफमा



काठमाडौं,  १९ बैशाख । मुम्बई इन्डियन्स भारतमा जारी आइपीएल ट्वेन्टी-ट्वेन्टी क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । मुम्बईले आफ्नो दशौं खेलमा सोमबार रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै चार खेल खेल्न बाँकी छँदै प्लेअफमा ठाउँ पक्का गरेको हो ।

घरेलु मैदानमा १ सय ६३ रनको चुनौती मुम्बईले एक बल खेल्न बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान रोहित शर्माले अविजित ५६ रन जोड्दै मुम्बईलाई जिताएका हुन् ।

यसअघि बैंग्लोरले एबी डे भिलायर्सको ४३ तथा पवन नेगीको ३५ रनको मद्दतले ८ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । यो खेलसँगै मुम्बईको १० खेलबाट १६ अंक भएको छ । सोमबार नै भएको दोस्रो खेलमा राईजिङ पुने सुपरजाईन्ट्सले गुजरात लायन्सलाई ५ विकेटले हराएको छ । खेलमा पहिले व्याटिङ गरेको गुजरातले एक बल खेल्न बाँकी छँदा अलआउट हुनुपुर्व १ सय ६१ रन जोड्यो ।

गुजरातका ब्रेण्डन म्याक्कुलमले ४५ रन तथा ईसान किसनले ३१ रन जोडे । जवाफमा १ सय ६२ रनको लक्ष्य पुनेले खेलमा एक बल खेल्न बाँकी छँदा ५ विकेट गुमाएर पुरा गर्‍यो । पुनेको जितमा बेन स्टोक्सको अविजित १ सय ३ रनको शतकीय पारीको योगदान थियो । आइपीएल क्रिकेटमा आज दिल्ली डेयरडेभिल्स र सनराईजर्स हैदरावाद भिड्नेछन् ।



प्रतिक्रिया दिनुहोस्