Logo

५० बर्ष पहिलाको लुक्समा सरोज र नीता



काठमाडौं, १९ बैशाख । ५० बर्ष पुरानो कथामा बनेको अलचित्र ‘पञ्चायत’ को टीजर रिलिज भएको छ । ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने ‘पञ्चायत’ टीजरमा नायिका नीता ढुंगानको रोदन र नायक सरोज खनालको मौनतालाई विशेष देखाउन खोजिएको छ ।

यो चलचित्रमा सरोज र नीताका अलवा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रलाई गणेश गिरीको प्रस्तुतीमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्। ‘पञ्चायत’ को लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्