Logo

निर्वाचन भाड्ने षडयन्त्र : मन्त्री खड्का



काठमाडौं, १९ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसका नेता एव खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले निर्वाचन नचाहने तत्वहरुले कांगे्रस र सरकार माथि सुनियोजित आक्रमण गरेको बताएका छन्।

चुनाबी आवाजसंग कुरागर्दै मन्त्री खड्काले चुनाव भाँड्न र सरकारलाई असफल बनाउन न्यायलयलाई प्रयोग गरिएकाले निर्वाचन सम्पन्न गर्नका लागि माहाअभियोग प्रस्ताब लानुपरेको प्रष्ट पारे ।

उनले देशलाई संबिधान कार्यन्वयन हुन बाट बन्चित गराउन स्थानियतहको निर्वाचन भाड्न षडयन्त्र भईरहेको भन्दै यस्ता षडयन्त्रलाई नेपाली कांग्रेस र सरकारले प्रतिबाद गर्ने दाबी समेत गरे ।

उनले प्रमुख प्रतिपक्षीदल एमाले संबिधान संसोधानको बिपक्षमा उभिएर सबैलाई सहभागि गराएर निर्वाचन सम्पन्न गर्ने पक्षमा नरहेको आरोप लगाऐ । मन्त्री खड्काले तीनै तहको निर्वाचन सम्पन्न गर्न कांग्रेसले नेतृत्व लिने भन्दै मुलुकलाई बर्तमान सक्रमण कालिन अवस्थाबाटमाथि उठाउन संबिधान संसोधन बिधेयक र माहाअभियोय प्रस्ताब जसरीपनि पास गराउने बताए ।

राज्यमन्त्री खड्काले मधेश आन्दोलन ताका भएका सहमतिलाई सरकारले पुरागर्ने र सबैलाई मिलाएर निर्वाचन गराएरै छाड्ने बताए। निर्वाचन हुदैन भन्ने आसंका नराखी निर्वाचन सम्पन्न गराउनतर्फ लाग्न सबै लाई आग्रह समेत गरे ।



प्रतिक्रिया दिनुहोस्