Logo

साझा पार्टीबाट काठमाडौंको मेयरमा पूर्वसचिव थापाको उम्मेद्धवारी



काठमाडौं, १९ बैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि आज देशभरी नै मनोनयन दर्ता सुरु भएको छ।

काठमाडौं महानगपालिकामा रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीको तर्फबाट महानगर प्रमुखमा पूर्व सचिव किशोर थापाले उम्मेद्वारी दर्ता गराइसकेका छन्।

मंगलबार पार्टीका नेता तथा कार्यकर्ताहरु र आफ्ना शुभचिन्तक सहित महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह पुगेर थापाले मनोनय दर्ता गराएका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्