Logo

काँग्रेसले भरतपुर महानगरपालिकामा छान्यो उम्मेद्वारः मेयरमा दिनेश कोइराला, उप–मेयरमा पार्वती शाह



चितवन, १९ वैशाख । लामो कसरत पछि नेपाली काँग्रेसले चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयर टुङगो लगाएको छ । केहीबेर अघि मात्रै सकिएको बैठकले मेयरमा दिनेश कोइराला र उप–मेयरमा पार्वती शाहलाई उठाउने निर्णय गरेको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले नारायणी अनलाईनलाई जानकारी दिनुभयो ।

यसअघि भरतपुरको मेयरमा टेकप्रसाद गुरुङ, मिलनबाबु श्रेष्ठ, राजेश्वर खनाल, प्रकाश अधिकारी, डा.सूर्यकान्त घिमिरेलगायत ३४ जनाको नाम चितवनबाट केन्द्रमा सिफारिस गरिएको थियो ।

यसअघि नेपाली काँग्रेसले जिल्लास्तरमै राप्ती नगरपालिकाको मेयरमा किरण ओली, उप–मेयरमा अनिता मैनाली, कालिका नगरपालिकाको मेयरमा कमल आचार्य, उप–मेयरमा निरु श्रेष्ठ, माडी नगरपालिकाको मेयरमा खेम महतो, उप–मेयरमा शिवमाया भट्टराई र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा गीता गुरुङ उप–मेयरमा किर्तिकुमार श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय गरि सकेको छ ।



प्रतिक्रिया दिनुहोस्