Logo

स्थापितको नाममा सहमति जुटाउन ओली–नेपालवीच अन्तिम रस्साकस्सी



काठमाडौं, १९ बैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि तीन प्रदेशका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा आई उम्मेदवारले मनोनयन दर्ता सुरु गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शमाले जानकारी दिए । संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयन गर्ने क्रममा स्थानीय तह निर्वाचन हुन लागेको हो ।

तर काठमाडौंको मेयरमा सर्वाधिक चर्चाको शिखरमा रहेका केशब स्थापित्लाई अहिलेसम्म एमालेले उम्मेद्धवारीको लागि मनोनयन गरिसकेको छैन् । स्थापितको नाममा सहमति जुटाउन एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालवीच अहिलेसम्म पनि छलफल जारी रहेको छ । बरिष्ठ नेता स्थापित्को विपक्षमा उभिएका छन् ।

तर ओलीले र उपाध्यक्ष वामदेव गौतम भने स्थापितलाई नै उम्मेद्धवार बनाउने पक्षमा दृढ भएर उभिएका छन् ।
काठमाडौंमा काँग्रेसले मेयर र उपमेयरको नाम टुँगो लगाईसकेको छ ।



प्रतिक्रिया दिनुहोस्