Logo

जेठ पहिलो साता देउवा प्रधानमन्त्री बन्नुहुन्छ : मन्त्री खड्का



खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले सर्वोच्च अदालतकी प्रधानन्यायाधिश सुशिलाकार्कीविरुद्ध आएको महाअभियोग प्रस्ताव सही समयमा आएको स्पष्ट पारेका छन् । लोकतन्त्रलाई संस्थागत् गर्न खोज्दा न्यायालयको आवरणमा हरेक बहानामा आक्रमण भैरहेको आफूहरुले बाध्य भएरु यो कदम उठाएको उनले स्पष्ट पारे । महाअभियोगको प्रस्ताव, स्थानीय तहको निर्वाचन र संविधान संशोधन लगायतका विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले नेपाली बहसका लागि मन्त्री खड्कासँग गरेको कुराकानीको सम्पादित अंश :

नोमिनेशन त भयो तर निर्वाचन हुन्छ कि हुँदैन, अझै अन्यौल छ ?

सबै ढुक्क हुनुस् । निर्वाचन हुन्छ । सरकार यसलाई जसरी पनि सफल बनाएर छोड्नेमा लागिरहेको छ ।

तीन वटै प्रदेशमा काँग्रेसका उम्मेदवार तयार भए त ?

केही बाँकी छ । तत्काल सबै काम पुरा हुन्छ ।

तपाईको पार्टी महाअभियोग काण्डमा फस्यो रे नि ?

कसरी ?

गलत समयमा र अन्जान तरिकाले पूर्वाग्रही रुपमा प्रधानमन्यायाधिशविरुद्ध महाअभियोग ल्याउनु भयो ?

ठीक समयमा आएको छ। नेपाली काँग्रेसलाई विभिन्न रुपमा आक्रमण हुँदे आएको छ, राणालाई सुधार्न खोज्दा देश निकाला हुनुपर्यो । पञ्चायतलाई सुधार्न खोज्दा जेल जानुपर्यो । कम्यूनिष्टहरूलाई सुधार्न खोज्दा काँगे्रसका नेता कार्यकर्ताले मर्नुपर्यो । बेपत्ता हुनुपर्यो । मारिनुपर्यो । आज लोकतन्त्रलाई संस्थागत् गर्न खोज्दा न्यायालयको आवरणमा हरेक वहानामा आक्रमण भैरहेको थियो । त्यसैले हामीले यो कदम उठाउन वाध्य भएका छौँ ।

यो खेल कसरी र कहाँबाट सुरु भयो ?

यो विस्तारै थाहा पाउनु हुनेछ ।

आज बताईदिन्स् जनता जान्न चाहन्छन् ?

हामीले शक्ति पृथ्थीकिकरण, न्यायको सिद्धान्त र काँगे्रसमाथिको आक्रमणलाई पनि बुझेका छौँ। हामीले यसका बारेमा गहन छलफल गछौँ ।

पूर्व–न्यायाधीशहरूले यो प्रस्ताव तत्काल फिर्ता गर्नुपर्छ भनेका छन नि?

तीन वटै निकायले आफ्नो सिमाभित्र रहेर काम गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । हमाला गर्ने । पक्षपाति कोणबाट काम गर्ने यस्तो स्थितिमा हामी हेरेर बस्नुपर्ने ? यस्तो पनि हुन्छ ? सबै कुरा बिस्तारै बाहिर आउँछ । उहाँहरूले पनि बुझ्नुहुन्छ ।

एमाले, फोरम र राप्रपाले आपत्ति जनाई सके ?

यी पार्टीले देशको चिन्ता कहिले गरेका छन् र ? अख्तियार प्रमुखलाई अभियोग लगाउन खोज्दा उहाँहरू खुशी हुने, तर आज प्रधानान्यायाधीशलाई महाअभियोग लगाउने कुरा कसरी आपत्ति हुन्छ ?

न्यायालयमाथि चौतर्फी आक्रमण गरेर काँग्रेस र माओवादीलाई के फाईदा हुन्छ ?

फाईदा काँग्रेस र माओवादीलाई होईन । मुलुकलाई हुन्छ ।

नवराज सिलवाल आईजिपी नबनेपछि यत्रो हङ्गामा भयो होईन त ?

कुनै व्यक्तिलाई भन्दा पनि सरकारलाई काम गर्न सजिलो हुने व्यक्ति छान्न पाउने अधिकार कार्यपालिकालाई हुन्छ । जुन भएपनि सरकारलाई योग्य लागेको मान्छे आईजीपी हुनसक्छ । तर सिलवालको वास्तविकता अहिले यतिवेला आज सबैलाई थाहा छ । सरकार चुनावको माहोलमा होमिएको छ। एमाले संसद अवरुद्ध गरिरहेको छ । न्यायालय अनुचित काम गरिरहेको बेला काँगे्रस र लोकतन्त्रलाई समाप्त पार्ने खालका काम गर्नु हाम्रो लागि आपत्तिका कुरा हुन ।

उसो भए यो महाअभियोग प्रस्ताव पारित हुन्छ त ?

एमालेको भूमिका के रहन्छ ।

सरकार अल्पमतमा पर्यो भनिन्छ नि ?

भन्न त जे भनेपनि भयो नि । तर हामीसँग स्पष्ट बहुमत छ । महाअभियोग, संशोधन प्रस्तावसँगै निर्वाचन सम्पन्न गर्नुपर्छ । चलखेल बन्द गरेर देश बनाउनको लागि सबैले लाग्नुपर्छ । सहमति कार्यान्वयन पनि हुन्छ ।

शेरबहादुर देउवा कहिले प्रधानमन्त्री बन्ने ?

पहिलो चरणको निर्वाचन पछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्