Logo

अहिलेको भन्दा प्रभावकारी रुपमा न्यायालय अघि बढ्छ : कामु प्रधानन्यायाधीश पराजुली



सर्वोच्च अदालतका कामु प्रधानन्यायाधिश गोपाल पराजुलीले प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध लागेको महाअभियोग प्रस्ताव संसदले छलफल गर्ने विषय भएकोले यसबारेमा आफूले अहिले नै केही भन्न नमिल्ने बताए । उनले न्यायिक क्षेत्रलाई व्यवस्थित बनाउन आफू पूर्ण प्रतिबद्धत छु । पराजुलीले अहिले जुन प्रभाव न्यायालयको छ यो भन्दा प्रभावकारीतातर्फ लिने आफ्नो लक्ष्य रहेको स्पष्ट पारे । नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलाले पराजुलीसँग गरेको कुराकानीको सम्पादित अंश :

वर्तमान स्थितिमा कामु प्रधानान्यायाधीशको भूमिका के रहन्छ ?

एउटा न्यायाधीश भएर खुलेर बोल्न त मिल्दैन। महाअभियोगको बारेमा मेरो कुनै प्रतिक्रिया छैन् । दिन मिल्दैन पनि । यो शुखद स्थिति पनि होईन।

कुन परिस्थितिले यो दु:खद स्थिति आएको हो ?
परिस्थिति भन्नाले हामीले बुझेको कुरा एउटा छ, जुन संसदले छिनोफानो गर्ला । म संविधानप्रति वफादार छु । म संविधानलाई शिरोधार गर्ने मान्छे हुँ । हामीभित्र तिक्तता भएको खण्डमा आपसी मेलमिलापले एक हुन सम्भव छ। तर, न्यायलयलाई धुमिल बनाउने काम कसैले गर्नुहुँदैन । म पुर्णतः न्यायापालिकालाई स्वतन्त्र र निश्पक्ष बनाउने मान्यता बोकेको मानिस हुँ ।

सर्बोच्च अदाल भनेको जनताको आस्थाको केन्द्र हो, तर महाअभियोगलाई लिएर धेरै कुरा आएको छ ? तपाईको मत के छ ?

यो संसदले छलफल गर्ने विषय हो ।मैले भन्न मिल्दैन । मैले न्यायिक क्षेत्रलाई व्यवस्थित बनाउने हो । अहिले जुन प्रभाव न्यायालयको छ । यो भन्दा प्रभावकारीता तर्फ लिने मेरो लक्ष्य हो ।

पूर्व न्यायाधीशहरूले पनि महाअभियोग गलत हो भन्नेमा पुगे नि ?

अरुले के भने ? म जान्दिन तर न्यायालय स्वतन्त्र नभएसम्म लोकतन्त्र र कानुनि राज्य स्थापित हुन सक्दैन । म परिस्थितिको परिणाम स्वरुपामा आएको हुनाले मैले यो भन्दा धेरै भन्न पनि मिल्दैन ।

कार्यपालिका र न्यापालिकाबीचमा द्धन्द छ नि ?

त्यो मुद्धामा हुर्ने र भन्ने विषय हो । मैले अन्तरवार्तामा भन्ने विषय होईन ।

तपाईको कार्यकालमा न्यायलय स्वतन्त्रतापूर्वक पीडितले न्याय पाउछन् ?

पक्कै पनि पाउनुपर्छ ।

सर्बोच्च अदालत राजनीतिक दवाफभन्दा पर गएर काम गर्छ ?

त्यो कुरा बोलेर होईन । गरेर देखाउने कुरा हो । न्यायलयलाई राजनीतिक आँखाले परिभाषित गर्न मिल्दैन । दुर्भाग्य जे भएपनि त्यो आईसकेपछि संवैधानिक कोर्णबाट यसको अन्तीम फैसला हुन्छ ।



प्रतिक्रिया दिनुहोस्