Logo

स्थानीय तह निर्वाचन : काठमाडौँमा उम्मेदवारी दर्ता जारी



काठमाडौँ, १९ वैशाख । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि आज काठमाडौँ जिल्लाका महानगरपालिका र नगरपालिकामा विभिन्न दलका उम्मेदवारले अ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

बिहान १० बजेबाट काठमाडाँै महानगरपालिकासहित १० वटै नगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको हो । सबै भन्दा ठूलो काठमाडाँै महागरमा अहिले उम्मेदवारी दर्ता गराउनेको भीड छ । महागरको राष्ट्रिय सभागृहमा रहेको निर्वाचन कार्यालयमा पार्टीका कार्यकर्ताको भीड लागेको हो ।

काठमाडाँै महानगरका मुख्य निर्वाचित अधिकृत पुरुषोत्तमप्रसाद दाहालकाअनुसार अहिलेसम्म ६ जनाले प्रमुखमा र तीनजनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उहाँका अनुसार प्रमुख पदमा राष्ट्रिय जनमोर्चाबाट डा निर्मलकुमार थापा, विवेकशील नेपाली दलबाट रन्जु न्यौपाने, साझा पार्टीबाट किशोर थापा, देशभक्त पर्यावरणीय सामाजिक मोर्चाबाट सुरेन्द्रप्रसाद ढकाल, स्वतन्त्रबाट अमोत महर्जन र विनोदकुमार क्षेत्रीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी उप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट ऋतु सापकोटा, स्वतन्त्रबाट जनिशा भट्टराई र निरुपमा यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने भने तापनि ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र०का तर्फबाट अहिलेसम्म उम्मेदवारी दर्ता गराउन आएका छैनन् ।

मुख्य निर्वाचन अधिकृत दाहालकाअनुसार अहिलेसम्म करिब दुई सय जनाले वडाअध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्