Logo

भाले बास्दा घर छोडौला : विस्थापित



काठमाडौं, १९ बैशाख । दैलेखका गजल स्रष्टा देवकिरण विस्थापितको गजल आजको सिर्जना र सर्जकमा

गजल

छिमेकिले कुरा काट्छन दिन दहाडै नआउ ठुले ।
संका गर्छन बाले झन झन दिन दहाडै नआउ ठुले ।

अड़्गालोमा बेरिरहन मन त थ्यो नि मलाई पनि ।
चियो गर्छन आफन्तजन दिन दहाडै नआउ ठुले ।

दोबाटो मै तिम्लाई कुरि बसेका छन साईला दाजु ।
भेटे भने भाच्लान गर्धन दिन दहाडै नआउ ठुले ।।

हरेस नखाउ सिन्दुर पोते टिका टालो जोड्दै गर ।
तिम्रै हो यो दिलको आगन दिन दहाडै नआउ ठुले ।

भाले बास्दा घर छोडौला सबैबाट दुर भै दिउला ।
त्यहि गरौला गन्थन मन्थन दिन दहाडै नआउ ठुले ।

देवकिरण विस्थापित



प्रतिक्रिया दिनुहोस्