Logo

उपेन्द्र र बाबुरामवीच चुनावी तालमेल, काठमाडौं मेयरमा पवित्र र उपमेयरमा सबिनाको उम्मेद्धवारी दर्ता



काठमाडौं, १९ वैशाख । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले चुनावी तालमेल गरेर काठमाडौं महानगरपालिकामा मेयर र उपमेयर चयन गरेका छन् ।

मेयरमा फोरमका तर्फबाट पवित्र बज्राचार्य र उपमेयरमा नयाँ शक्तिकी सबिना अर्यालको उम्मेद्वारी दर्ता भएको छ ।
उम्मेद्वारी दर्ता गर्न निर्वाचन केन्द्रमा फोरम अध्यक्ष यादव र नयाँ शक्ति संयोजक भट्टराई पनि आईपुगेका थिए ।

उम्मेद्वारी दर्तापछि प्रतिक्रिया दिँदै संयोजक भट्टराईले काँग्रेस, एमाले लगायतका पूराना शक्ति असफल भएकाले आफूहरु बैकल्पिक शक्तिका रुपमा आएको दाबी गरे । उनले भने,‘जनतामा नयाँ जोश र जाँगर छ, पूराना शक्ति सबै असफल भइसकेका छन, जनताका नयाँ आकांक्षा पूरा गर्न नयाँ शक्ति उदाएको हो।’

भट्टराईले दलीय चुनाव नदिएकोमा आफूहरुले विरोध जनाएको उल्लेख गर्दै फोरम नेपालसँग सहकार्य गरेर चुनावी मैदानमा होमिएको स्पष्ट पारे। उनले यो सहकार्य आगामी दिनमा पार्टी एकतासम्म पुग्ने विश्वास दिलाए ।

त्यस्तै फोरम नेपालका अध्यक्ष यादवले सहमतिका साथ सरकारले संविधान संशोधन विद्येयक सदनमा दर्ता गराएको उल्लेख गर्दै संशोधन प्रस्ताव पारित गराउनुपर्ने जिकिर गरे । उनले अहिले पनि आफूहरुले उठाएका मुद्दामा संघर्ष जारी रहेको स्पष्ट पारे ।

त्यस्तै निर्वाचनको विकल्प नभएको बताउँदै अध्यक्ष यादवले निर्वाचन विकासको ठूलो माध्यम भएको प्रष्ट पारे । उनले काँग्रेस कम्युनिष्टहरुले विकास गर्न नसक्ने ठोकुवा गर्दै आफूहरुले त्यसको अनुभती यसपटकको चुनावमा दिलाउने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्