Logo

काठमाडौं महानगरपालिकाको उपमेयरमा राप्रपाका श्रेष्ठको उम्मेद्धवारी



मेरो उम्मेद्धवारी,‘ जनताको आयु र आय वृद्धिको लागि हो’
काठमाडौं, १९ बैशाख । यही बैशाख ३१ गतेबाट हुने स्थानीय तहको निर्वाचनको लागि आज उम्मेद्धवारी छ ।

काठमाडौं महानगरपालिकामा ठूला दलहरुले पनि आफ्नो उम्मेद्धवारी दिईरहेका छन् । यसै बीचमा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् ।

मेयरमा एमालेबाट विद्यासुन्दर शाक्यले उम्मेद्धवारी दिएका छन् भने उपमेयरमा राप्रपाबाट राजाराम श्रेष्ठले दिएका छन् ।

उपमेयरमा उम्मेद्धवारी दिएलगत्तै पत्रकारहरुसँगको संक्षिप्त प्रतिक्रियमा उपमेयरका उम्मेद्धवार श्रेष्ठले आफ्नो उम्मेद्धवारीबारे यसरी भने,‘मेरो उम्मेद्धवारी जनताको आयु र आय वृद्धिको लागि हो ।’ त्यस्तै उनले काठमाडौंलाई विश्वकै विकसित शहरको दाँजोमा पुर्याउन सकिने पनि विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्