Logo

प्रमुख तीन दलद्वारा उम्मेदवारी दर्ता



ललितपुर, १९ वैशाख । स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख तीन दलले आफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।

यहाँका गोदावरी नगरपालिमा नेपाली काँग्रेसले गजेन्द्र महर्जन, नेकपा (एमाले)ले श्याम सिलवाल र नेकपा (माओवादी केन्द्र)ले गोविन्द महर्जनलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ ।

त्यसैगरी नगर उपप्रमुखमा काँग्रेसले मुना अधिकारी कुँवर, एमालेले तारा सञ्जेल र (माओवादी केन्द्र)ले सीता घिमिरेलाई उम्मेदवार बनाएको छ ।

यस्तै महालक्ष्मी नगरपालिमा काँग्रेसले महेश खड्का, एमालेले रामेश्वर श्रेष्ठ र (माओवादी केन्द)ले शिव कट्टेललाई नगर प्रमुखकको उम्मेदवार बनाएको छ । उपप्रमुखमा काँग्रेसले लक्ष्मी श्रेष्ठ, एमालेले निर्मला थापा र (माओवादी केन्द्र)ले लक्ष्मी सिंह महर्जनलाई उम्मेदवार बनाएको छ ।

यसैगरी वाग्मती गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेसले वीरबहादुर लोप्चन, एमालेले दुर्गा घिमिरे र (माओवादी केन्द्र)ले राजु आलेमगरलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा काँग्रेसले रञ्जना तिमिल्सिना, एमालेले डोलकुमार सिँतान र (माओवादी केन्द्र)ले कमला थापामगरलाई उम्मेदवार बनाएको छ ।

कोञ्ज्यो गाउँपालिकाको अध्यक्षमा काँग्रेसले राजन घिमिरे, एमालेले कृष्णमान लामा र (माओवादी केन्द्र)ले गोपी सिँतानलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा काँग्रेसले लक्ष्मीमाया लोप्चन, एमालेले सुष्मिता दुलाल घिमिरे र (माओवादी केन्द्र)ले मिग्मा लामालाई उम्मेदवार बनाएको छ ।

यस्तै महाङ्काल गाउँपालिकाको अध्यक्षमा काँग्रेसले भीमसेन घिमिरे, एमालेले रामचन्द्र दाहाल र (माओवादी केन्द्र)ले बुद्ध नेगीलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा काँग्रेसले सुशीला अधिकारी, एमालेले कमला तामाङ र (माओवादी केन्द्र)ले बिमला आचार्यलाई उम्मेदवार बनाएको छ ।

जिल्लाका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीकाअनुसार जिल्लाका सबै स्थानीय तहमा उत्साहपूर्वक उम्मेदवारी दर्ता भइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्