Logo

काठमाडौं महागरपालिकामा काँग्रेसबाट मेयर र उपमेयरमा मनोनयन दर्ता



जोशी भन्छन् :‘बलियोले गठबन्धन किन गर्नुपर्यो र ?’
काठमाडौं, १९ बैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा काँग्रेसबाट राजुराजा जोशी र उपमेयरमा हरी प्रवाह खड्गीले मनोनयन दर्ता गरेका छन् ।

उम्मेद्धवारी दर्ता गरेपछि पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा कुरा गर्दै जोशीले आफू मेयरमा विजयी भए भोलिपल्टबाटै काठमाडौंको धुला हटाउने काममा लाग्ने स्पष्ट पारेका छन् । त्यस्तै मेट्रो सिटी बनाउने, ५ वर्षभित्रमा काठमाडौंलाई वाईफाई फ्रि गर्ने, सरकारी विद्यालयलाई गुणस्तरीय बनाउने, खाली जग्गामा पार्क निर्माण गर्ने योजना जोशीले सुनाए ।

एमाले र राप्रपाले त तालमेल गरे नि ? तपाईहरुपनि तालमेलको तयारीमा हो ? भनेर पत्रकारले गरेको एक प्रश्नमा जोशीले भने,‘बलियोले किन तालमेल गर्ने ? गठबन्धन त कमजोरहरुले गर्ने हो ? हामी काठमाडौंमा ५० हजार भोटले अघि छौं ।’

उनले काठमाडौंबाट चुनाव जितेका सांसहरुमध्ये दुई जना मन्त्रीहरु गगन थापा र नविन्द्रराज जोशीको सरकारमा प्रस्तुती अत्यन्तै राम्रो भएकोले आफूले चुनाव जित्नेमा ढुक्क रहेको स्पष्ट पारे ।

पवन भट्टराई 



प्रतिक्रिया दिनुहोस्