Logo

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट शाक्यको उम्मेद्धवारी दर्ता



शाक्यले भने,‘काठमाडौंलाई २४ घण्टा खुलाउँछु’

काठमाडौं, १९ बैशाख । यही बैशाख ३१ गतेबाट हुने स्थानीय तहको निर्वाचनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाको लागि मेयरको लागि उठाएको विद्यासुन्दर शाक्यले आज मनोनयन दर्ता गराएका छन् ।

उनले महानगरपालिकामा आफूले विजयी हाँसिल गर्ने स्पष्ट पारे । उनले आफू विजयी भए काठमाडौंलाई सुन्दर र विकसित बनाउने योजना लिएको समेत सार्वजनिक गरे । त्यस्तै उनले काठमाडौंलाई २४ सै घण्टा खुलाउने समेत बताए ।

त्यस्तै शाक्यले काठमाडौंको पहिचानलाई सुन्दर र जीवन्त तुल्याउनको लागि पनि आफूले धेरै राम्रा राम्रा कामहरु गर्ने प्रतिबद्धता जनाए । पार्टीले राप्रपासँगपनि तालमेल गरेकोले पूर्व मेयर केशब स्थापितले पनि आफूलाई सहयोग गर्ने स्पष्ट पारे ।

‘चुनाव जिताउनको लागि पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको मलाई साथ र सहयोग रहनेछ,’ उनले भने ।

तस्विर : पवन भट्टराई 



प्रतिक्रिया दिनुहोस्