Logo

बस्नेत प्रमुख आयुक्तमा सिफारिस



काठमाडौँ, १९ वैशाख । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्नेतलाई सिफारिस गरेको छ ।

परिषद्को आज बसेको बैठकले बस्नेतलाई प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको हो । बस्नेत आयोगका आयुक्तको रुपमा कार्यरत हुनुहुन्छ ।

बैठक पुनः बुधबार अपराह्न ४ बजे बस्ने छ । महालेखा परीक्षक तथा अन्य संवैधानिक निकायमा रहेको रिक्त पदमा नियुक्तिका लागि परिषद्ले सिफारिस गर्ने जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम