Logo

स्थानीय तह निर्वाचन : विभिन्न जिल्लामा उम्मेदवारी दर्ता-(हेर्नुहोस नामसहित)



काठमाडौँ, १९ वैशाख । यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि दलहरूले तीनवटा प्रदेशमा उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

जिल्लास्थित समाचारदाताहरूका अनुसार उम्मेदवारी दर्ताका लागि उम्मेदवारहरू आफ्ना समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

सल्यान– जिल्लाका तीन नगरपालिकासहित सात गाउँपालिकामा निर्वाचान आयोगको कार्यतालिकाअनुसार दलहरूले उम्मदेवारी दर्ता गराएका हुन् ।

नेपाली काँग्रेस
काँग्रेसकातर्फबाट शारदा नगरपालिकाका प्रमुखमा सुरेश अधिकारी तथा उपप्रमुखमा सावित्रा बस्नेत र वागचौर नगरपालिकाको प्रमुखमा गोरख केसी र उपप्रमुखमा मेनका चन्दले उम्मदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी ढोरचौर गाउँपालिकाको अध्यक्षमा नरवीर चलाउने र उपाध्यक्षमा विमला रेउले, कुमाख मालिका गाउँपालिकाको अध्यक्षमा विवेकसिंह राठौर र उपाध्यक्षमा उर्मिला राणा, दार्मा गाउँपालिकाको अध्यक्षमा रामचन्द्र केसी, कालीमाटी गाउँपालिकाको अध्यक्षमा भरत पुन र उपाध्यक्ष कमला अधिकारी, छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा सन्तोष केसी र उपाध्यक्षमा सीता केसी, कपुरकोट गाउँपालिकाको अध्यक्षमा दुर्गा गिरी र उपाध्यक्षमा ओकी बोहराले उम्मेदवारी दर्ता गराउनुभएको जिल्ला निर्वाचन कर्यालयले जनाएको छ ।

नेकपा (एमाले)

नेकपा (एमाले)कातर्फबाट शारदा नगरपालिकाका प्रमुखमा रामकुमार खड्की र उपप्रमुखमा सरीता हमाल, वागचौर नगरपालिकाको प्रमुखमा लोकबहादुर डाँगी र उपप्रमुखमा ओकादेवी केसी, छत्रेश्वरी नगरपालिकाको प्रमुखमा ओजबहादुर बुढाथोकी र उपप्रमुखमा बुद्धा केसी तथा कुपिण्डे वनगाड नगरपालिकाको प्रमुखमा गोविन्द पुन र उपप्रमुखमा दिपेन्द्र विष्टले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी कपुरकोट गाउँपालिकाको अध्यक्षमा भीमबहादुर सेन र उपाध्यक्षमा तिला बुढा, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रसिंह खड्का र उपाध्यक्षमा पवित्रा केसी तथा ढोरचौर गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चलाउने र उपाध्यक्षमा पुष्पा बोहराले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेकपा माओवादी केन्द्र

यस्तै माओवादी केन्द्रबाट शारदा नगरपालिकाको प्रमुखमा प्रमोद श्रेष्ठ र उपप्रमुखमा झरणा बुढाथोकी, वागचौर नगरपालिकाको प्रमुखमा लोकमान बुढाथोकी र उपप्रमुखमा कल्पना पुन तथा वनगाड कुपिण्डे नगरपालिकाको प्रमुखमा कर्णबहादुर बुढाथोकी र उपप्रमुखमा मञ्जु यरीले उम्मेदवारी दिनुभएको छ ।

दार्मा गाउँपालिकाको अध्यक्षमा निमबहादुर केसी र उपाध्यक्षमा टीका वली, छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर केसी र उपाध्यक्षमा राधा शर्मा र त्रिवेणी गाउँपालिकाको अध्यक्षमा अजय रोका र उपाध्यक्षमा लिलावती बुढा, कपुरकोट गाउँपालिकाको अध्यक्षमा प्रकाश भण्डारी र उपाध्यक्षमा एलिना राना, ढोरचौर गाउँपालिकाको अध्यक्षमा नरवीर चलाउने र उपाध्यक्षमा भूमि बुढाथोकी, कालीमाटी गाउँपालिकाको अध्यक्षमा पुरुषोत्तम भट्टराई र उपाध्यक्षमा प्रिति डिसी तथा कुमाख गाउँपालिकाको अध्यक्षमा दिलमाया विएम र उपाध्यक्षमा डिल्लीराज जैशीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

गोरखा–

नेपाली काँग्रेसबाट गोरखा नगरपालिकाको प्रमुखमा राजनराज पन्त र उपप्रमुखमा विनाकुमारी श्रेष्ठ, नेकपा (एमाले)बाट प्रमुखमा विश्वेश्वर कट्टेल र उपप्रमुखमा सम्झना देवकोटा, माओवादी केन्द्रबाट प्रमुखमा कृष्णबहादुर राना र उपप्रमुखमा कञ्चन कुमाल, राप्रपाबाट प्रमुखमा सरोज कुँवर र उपप्रमुखमा सम्झना लामिछाने तथा नयाँ शक्ति पार्टीबाट प्रमुखमा ज्ञानेन्द्र कुमाल र उपप्रमुखमा पूर्णमाया वन्तले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी काँग्रेसबाट पालुङटार नगरपालिकाको प्रमुखमा दीपकबाबु कँडेल र उपप्रमुखमा चेतकुमारी श्रेष्ठ, नेकपा (एमाले)बाट प्रमुखमा जुद्धविलाश भण्डारी र उपप्रमुखमा सिर्जना रेग्मी, माओवादी केन्द्रबाट प्रमुखमा विवश चिन्तन र उपप्रमुखमा पम्फा बसेल, राप्रपाबाट प्रमुखमा राजन देवकोटा र उपप्रमुखमा राधिका कुमाल तथा नयाँशक्ति पार्टीबाट प्रमुखमा अशोक देवकोटा र उपप्रमुखमा देवी गुरुङले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै काँग्रेसबाट अजिरकोट गाउँपालिका अध्यक्षमा फणिन्द्र धिताल र उपाध्यक्षमा चन्द्रमाया गुरुङ, नेकपा (एमाले)बाट अध्यक्षमा गुणबहादुर भुजेल र उपाध्यक्षमा गीता देवकोटा, माओवादी केन्द्रबाट अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल, नयाँ शक्ति पार्टीबाट गणेश तामाङ अध्यक्ष र सीता पोखरेलले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

काँग्रेसबाट सिरानचोक गाउँपालिकाको अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा रीता देवकोटा नेकपा एमालेबाट अध्यक्षमा प्रेम गुरुङ तथा माओवादी केन्द्रबाट अध्यक्षमा नवराज पूडासैनी र राप्रपाबाट अध्यक्षमा सीता लामिछानेले उमेद्वारी दर्ता गराएका छन् ।

यसैगरी कांग्रेसबाट गण्डकी गाउँपालिकाका प्रमुखमा होमबहादुर राना मगर र उपप्रमुखमा ललिता अधिकारी, एमालेबाट प्रमुखमा विष्णु पन्त र उपप्रमुखमा विमला पुलामी मगर, माओवादी केन्द्रबाट प्रमुखमा दीपक तिमिल्सिना, उपप्रमुखमा पूर्ण थापा, राप्रपाबाट प्रमुखमा ऋषिराम दवाडी र उपप्रमुखमा अम्बिका रुपाखेती, नयाँ शक्तिबाट प्रमुखमा कुमार तिवारी र उपप्रमुखमा दुर्गा गुरुङले उमेद्वारी दर्ता गराएका छन् ।

सहिद लखन गाउँपालिकामा काँग्रेसबाट प्रमुखमा कृष्ण आले र उपप्रमुखमा समीला श्रेष्ठ, एमालेबाट प्रमुखमा मनोज जोशी र उपप्रमुखमा लुना थापा मगर, माओवादी केन्द्रबाट प्रमुखमा रमेश थापा र उपप्रमुखमा इन्दिरा तिवारी र नयाँ शक्तिबाट प्रमुखमा गोपाल श्रेष्ठ र उपप्रमुखमा कल्पना थापाले उमेद्वारी दर्ता गराएका छन् ।

भीमसेन गाउँपालिकामा काँग्रेसबाट प्रमुखमा ईश्वर पाण्डे र उपप्रमुखमा बिनु वाग्ले, एमालेबाट अध्यक्षमा सुरेशबाबु श्रेष्ठ र उपाध्यक्षमा कविता अर्याल, नेकपा (माओवादी) केन्द्रबाट अध्यक्षमा लोकप्रसाद बन्जरा र उपाध्यक्षमा लीला श्रेष्ठ, राप्रपाबाट अध्यक्षमा किशोर ढकाल र उपाध्यक्षमा पानमाया सिंखडा तथा नयाँ शक्तिबाट चीरकुमारी श्रेष्ठ अध्यक्ष र उपाध्यक्षमा मिलन न्यौपानेले उमेद्वारी दिएका छन् ।

आरुघाट गाउँपालिकाका अध्यक्षमा कांग्रेसबाट पूर्णबहादुर दाहाल र उपाध्यक्षमा कल्पना नेपाली, एमालेबाट अध्यक्षमा बकबहादुर लामा र उपाध्यक्षमा मीना बराम, माओवादी केन्द्रबाट अध्यक्षमा जगन्नाथ खनाल र उपाध्यक्षमा अमृता लामा तथा नयाँ शक्तिबाट अध्यक्षमा हुकुम खड्का र उपाध्यक्षमा मनकुमारी गुरुङले उमेद्वारी दर्ता गराएका छन् ।

सिन्धुपाल्चोक–

मेलम्ची नगरपालिकामा काँग्रेसकातर्फबाट प्रमुखमा आइतमान तामाङ र उपप्रमुखमा सविता गुरुङ, (एमाले)बाट प्रमुखमा डम्बर अर्याल तथा उपप्रमुखमा भगवती नेपाल, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा श्याम खड्का तथा उपप्रमुखमा मुनादेवी ढकाल, राप्रपाबाट प्रमुखमा फणिन्द्र दाहाल तथा उपप्रमुखमा कुमारी तामाङ, नयाँ शक्ति नेपालबाट प्रमुखमा बिन्दा आचार्य र उपप्रमुखमा हर्कबहादुर तामाङ, राष्ट्रिय जनमोर्चाबाट प्रमुखमा लालबहादुर तामाङ, नेकपा (माले)बाट प्रमुखमा मुना माझी र स्वतन्त्रबाट कान्छा राउतले उम्मेवारी दर्ता गराउनुभएको जिल्ला निवाचन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

यसैगरी बाह्रबिसे नगरपालिकामा काँग्रेसबाट प्रमुखमा बालकृष्ण बस्नेत र उपप्रमुखमा लीला नेपाल, नेकपा (एमाले)बाट प्रमुखमा निम्फून्जु शेर्पा र उपप्रमुखमा सुशीला पाख्रिनले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपा र नेकपा माओवादी केन्द्रले संयुक्तरुपमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रबाट प्रमुखमा बुद्धराज बस्नेत र राप्रपाबाट उपप्रमुखमा केशव भण्डारीेले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै काँग्रेसबाट चौतारा नगरपालिकाको प्रमुखमा केशवराज गिरी र उपप्रमुखमा शोभा उलक, एमालेबाट प्रमुखमा सोम सापकोटा र उपप्रमुखमा सीता थापा, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा अमानसिंह तामाङ, उपप्रमुखमा जानुका पराजुली, राप्रपाबाट प्रमुखमा पुष्प ढुङ्गे र उपप्रमुखमा राधा गिरीले उम्मेदवारी दिएका छन् ।

नवलपरासी–

पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुने नवलपरासीको प्रदेश न ४ अन्तर्गतका आठवटा स्थानीय तहमा उम्मेदवारी दर्ता गराएका छन् ।

गैंडाकोट नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुखमा गजेन्द्रबहादुर आले र उपप्रमुखमा विष्णु कँडेल सापकोटा, एमालेबाट प्रमुखमा छत्रराज पौडेल र उपप्रमुखमा राधा पाण्डे, माओवादी केन्द्रबाट प्रमुखमा दुर्गा ढुङ्गाना र उपप्रमुखमा पार्वती आचार्यले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी देवचुली नगरपालिकामा काँग्रेसबाट प्रमुखमा पूर्णकुमार श्रेष्ठ र उपप्रमुखमा लक्ष्मी बस्ताकोटी, एमालेबाट प्रमुखमा हरि न्यौपाने र उपप्रमुखमा पार्वती तिवारी तथा नेकपा माओवादी केन्द्रबाट प्रमुखमा सत्यनारायण भुसाल र उपप्रमुखमा प्रेमा खनालले मनोनयन पत्र दर्ता गरेका छन् ।

कावासोती नगरपालिकामा काँग्रेसबाट प्रमुखमा महेन्द्र पोख्रेल र उपप्रमुखमा खगिसरा गुरुङ, एमालेबाट प्रमुखमा चन्द्रा पुन र उपप्रमुखमा प्रेमशङ्कर मर्दनिया तथा माओवादी केन्द्रबाट प्रमुखमा डासीराम बस्याल र उपप्रमुखमा रमिला भुजेल तथा राप्रपाबाट प्रमुखमा लोकनाथ लामिछाने र उपप्रमुखमा उमा दमाईले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

यसैगरी मध्यविन्दु नगरपालिकाको प्रमुख र उपप्रमुखमा क्रमशः काँग्रेसबाट चन्द्रबहादुर राना र ओमकुमारी थारु, एमालेबाट भिमलाल कँडेल र जोगमाया महतो तथा माओवादी केन्द्रबाट सुष्मा खनाल र चुडाबहादुर आलेले मनोनयनपत्र दर्ता गराएका छन् ।

त्यसैगरी बुलिङटार गाउँपाालिका अध्यक्षमा काँग्रसबाट शशी किरण बस्ताकोटी र एमालेबाट विद्रोही गिरीले मनोनयनपत्र दर्ता गरेका छन् । बुङ्दीकाली गाउँपालिकाको अध्यक्षमा काँग्रेसका दुर्गाबहादुर राना र एमालेका श्याम श्रेष्ठ, हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा काँगे्रसका लक्ष्मी पाण्डे, एमालेका मेघबहादुर पुलामी, माओवादी केन्द्रका चन्द्रबहादुर थापा र राप्रपाका यमबहादुर गाहाले मनोनयन दर्ता गराएका छन् ।

विनयी त्रिवेणी गाउँपालिकाबाट अध्यक्षमा कागे्रसका डम्वर जिसी, एमालेका लक्ष्मण भुसाल र माओवादी केन्द्रका कृष्ण पाण्डेले मनोनयन दर्ता गरेका छन् ।

धादिङ– जिल्लाको नीलकण्ड नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा क्रमशः काँग्रेसका भीम ढुङ्गाना र कल्पना अधिकारी, एमालेका अर्जुनकुमार श्रेष्ठ र गङ्गादेवी श्रेष्ठ, माओवादी केन्द्रका शोभा डङ्गोल र मनराज भण्डारी, राप्रपाका भरतबहादुर कार्की र शान्तिमान गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

हुम्ला– जिल्लाको सिमिकोट गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट पदमबहादुर लामा र उपाध्यक्षमा सुशीला रोकाय, एमालेबाट अध्यक्षमा नरबहादुर रोकाय र उपाध्यक्षमा पेमा लामा, माओवादी केन्द्रबाट अध्यक्षमा महेन्द्रबहादुर शाही र उपाध्यक्षमा बली रावत तथा नयाँशक्तिबाट अध्यक्षमा जसबहादुर भण्डारीले मनोनय दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दमौली–

तनहुँका दशवटै स्थानीय तहमा उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

व्यास नगरपालिकामा काँग्रेसबाट प्रमुखमा वैकुण्ठनाथ न्यौपाने र उपप्रमुखमा मिरा जोशी, एमालेबाट प्रमुखमा शङ्करनारायण श्रेष्ठ र उपप्रमुखमा मनुमाया श्रेष्ठ, माओवादी केन्द्रबाट प्रमुखमा अतिन्द्र केशरी न्यौपाने र उपप्रमुखमा कल्पना सुर्खालीले उम्मेदवारी दर्ता गराएका छन् ।

भानु नगरपालिकामा काँग्रेसबाट प्रमुखमा उदयराज गौली र उपप्रमुखमा आशा थापा, एमालेबाट प्रमुखमा भगवती न्यौपाने र उपप्रमुखमा ऋषिराम पन्थ, माओवादी केन्द्रबाट प्रमुखमा गीता शाही र उपप्रमुखमा सिताराम अधिकारी, शुक्लागण्डकी नगरपालिकामा काँग्रेसबाट प्रमुखमा किसान गुरुङ र उपप्रमुखमा तारादेवी अधिकारी, एमालेबाट प्रमुखमा रामचन्द्र उपाध्याय र उपप्रमुखमा रेखा थापा, माओवादी केन्द्रबाट प्रमुखमा दिनेश गौतम र उपप्रमुखमा सर्वदा खनालले मनोनयन पत्र दर्ता गराएका छन् ।

त्यस्तै भिमाद नगरपालिकामा काँग्रेसबाट प्रमुखमा पुष्प पराजुली र उपप्रमुखमा इन्दिरा खनाल, एमालेबाट प्रमुखमा मेखबहादुर थापा र उपप्रमुखमा शारदा खनाल, माओवादी केन्द्रबाट प्रमुखमा रामबहादुर थापा र उपप्रमुखमा ममता गिरीले उम्मेदवारीको मनोनयन दर्ता गराएको ती निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फलेवास (पर्वत)–

कुश्मा नगरपालिकाको प्रमुख र उपप्रमुख क्रमशः काँग्रेसबाट रामचन्द्र जोशी र सीता लामिछाने, एमालेबाट मेघनाथ सुवेदी र मुगा पोखरेल, माओवादी केन्द्रवाट शङ्कर गिरी र तारा रिजाल तथा राप्रपाबाट प्रकाश पौडेल र मानकुमारी गिरीको उम्मेदवारी परेको छ ।

यसैगरी राष्ट्रिय जनमोर्चा, नेकपा माले र क्रान्तिकारी माओवादीको तर्फबाट तेजेन्द्र पौडेलले प्रमुखमा उम्मेदवारी दिएको छ ।

त्यसैगरी फलेवास नगरपालिकाको प्रमुख र उपप्रमुखमा क्रमशः काँग्रेसबाट गङ्गाधर तिवारी र रेखा गुरुङ, एमालेबाट पदमपाणी शर्मा र मञ्जु अधिकारी, माओवादी केन्द्रबाट मोती शर्मा रेग्मी र शोभा क्षेत्रीको उम्मेदवारी परेको छ ।

त्यस्तै जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः काँग्रेसबाट रामकृष्ण मल्ल र सीमा गर्बुजा पुन, एमालेबाट लालबहादुर अधिकारी र अनिता शर्मा, माओवादी केन्द्रबाट बाबुराम कार्की र सीता मल्लको उम्मेदवारी दर्ता भएका छन् ।

यसैगरी मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः काँग्रेसबाट विश्वप्रकाश प्रसाई र मिना केसी, एमालेबाट प्रेम पौडेल र सेती महत, माअ‍ोवादी केन्द्रबाट मनबहादुर पौडेल र गंगा तिमिल्सिनाको उम्मेदवारी परेको छ ।

महाशिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः काँग्रेसबाट उज्ज्वल गुरुङ र सिर्जना मल्ल ठकुरी, एमालेबाट राजु पौडेल र हीरा थापा, माओवादी केन्द्रबाट रुपनारायण अधिकारी र जयकली मल्लको उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी पैंयु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः काँग्रेसबाट खगेन्द्र तिवारी र जसमती गुरुङ, एमालेबाट मित्रलाल बस्याल र गोमताकुमारी शर्मा तथा माओवादी केन्द्रबाट पुण्यप्रसाद आचार्य र अम्बिका न्यौपानेको उम्मेदवारी दर्ता भएको छ । बिहादी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसबाट प्रविन गुरुङ र विष्णुमाया खड्का, एमालेबाट कमल भुसाल र डम्वरकुमारी गुरुङ तथा माअ‍ोवादी केन्द्रबाट कृष्णप्रसाद शर्मा र विष्णु भुसालको उम्मेदवारी दर्ता गराउका छन् । रासस



प्रतिक्रिया दिनुहोस्