Logo

वेलवासमा मिनी पार्क निर्माण हँुदै



 

दमौली, २० वैशाख । तनहँुको व्यास नगरपालिका–१३ स्थित वेलवासमा मिनी पार्कको निर्माण कार्य सुरु गरिएको छ ।

व्यास नगरपालिकाको रु तीन लाख र जनश्रमदान रु ९० हजार गरी रु तीन लाख ९० हजारको लागतमा सो पार्क निर्माण हुने पार्क निर्माण समितिका संयोजक यामबहादुर आलेले बताउनुभयो ।

वेलवासलाई नमुना सहर बनाउने उद्देश्यले मिनी पार्क निर्माण थालिएको हो । सो पार्क हाताभित्र सुन्दर बगैँचा, प्रतीक्षालयका साथै सुन्दर र रमणीय अन्य संरचना निर्माण गरिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्