Logo

काँग्रेस–माओवादी गठबन्धन नभत्किने



जेठ पहिलो हप्ताभित्रै देउवा प्रधानमन्त्री बन्ने 

काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रवीच वर्तमान गठबन्धन कायम राख्नेबारे र गठबन्धनलाई थप मजबुद बनाउनेबारे व्यापक गृहकार्य सुरु भएको छ ।

सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका २४९ सांसदहरुले प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरे लगत्तै नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सत्तारुढ दल राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान गठबन्धन धरापमा पर्ने हो कि भनेर टिकाटिप्पणी सुरु भएको बेला सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेतृत्वहरुवीच गठबन्धन कायम राख्नेबारे गम्भिर छलफल सुरु भएको छ ।

भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकका अनुसार बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै जेठको पहिलो हप्ताभित्रै काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन् । उनले काँग्रेस–माओवादी गठबन्धन तीन तहकै निर्वाचन सम्पन्न गराउञ्जेलसम्मपनि कायमै रहने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्