Logo

ट्रम्प र पुटिनले सिरिया युद्ध रोक्न दबाब दिने



काठमाडौं, बैशाख २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिरिया युद्धलाई रोक्न युद्धविरामका लागि दबाब दिने सहमति भएको छ ।

दुई नेताबीच भएको टेलिफोन कुराकानी उपलब्धीमुलक भएको ह्वाइट हाउस र क्रेमलिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एक महिनाअघि सिरियामा अमेरिकाले गरेको हवाई आक्रमणपछि दुई नेताबीच पहिलो कुराकानी भएको हो ।

अमेरिकाले सिरियाका राष्ट्रपति बसर अल असादविरुद्ध संघर्षरत विद्रोहीलाई साथ दिएको छ भने रुस असादको पक्षमा छ । ट्रम्प र पुटिनबीच उत्तर कोरियाको खतरनाक अवस्थाको उत्तम समाधानको उपाय खोज्ने विषयमा पनि छलफल भएको थियो । पुटिनले कोरियाली प्रायद्विपका विषयमा धैर्य कायम गर्दै तनाब कम गर्न आग्रह गरेका थिए । (एजेन्सी)

 



प्रतिक्रिया दिनुहोस्