Logo

गीतकार सन्ध्या आचार्यको ‘मेरो देश’ सार्वजनिक



काठमाडौं, २० बैशाख । नेपाली संगीत क्षेत्रमा विभिन्न विषयवस्तुमा केन्द्रित रहेर गीत संगीतहरु लेख्दै आएकी गीतकार सन्ध्या आचार्यको राष्ट्रियभावले ओतप्रोत गीत ‘यो मेरो देश’ सार्वजनिक भएको छ । 

कलाकारहरुले देशप्रेमलाई समेटेर निरन्तर गीतहरु बजारमा ल्याउदै आएका छन् । अनेकतामा एकता भएको हाम्रो देश,बुद्ध जन्मेको देशलाई परायले आँखा लगाउदा होस या देश भित्रबाटै पनि दलालीपन देखिएको खण्डमा कलाकार चुछ रहन सक्दैनन् ।

सन्ध्या आचार्यको शब्दरचना र चर्चित संगीतकार वालन्द राईको अब्बल संगीत रहेको छ । नेपालको भेषभुषा संस्कृति रहनसहनलाई समेटेर तयार पारिएको उक्त ‘यो मेरो देश’ बोलको गीत बजारमा आएको छ।

आभा मुकारुङ, भबीन ढुंगाना, तारा लक्सम, र कला राईको संयुक्त आवाजमा तय भएको गीतमा हेमा ढुंगाल, रमेश सोडारी, दिपक दुलाल, आकाक्षा बस्नेतको अभिनय रहेको छ।

वल्र्ड कभर मिडिया प्रा.लिको प्रस्तुतिमा तयार पारिएको यस गीतको भिडियोलाई विरेन्द्र भाट ‘विपिन’ले निर्देशन तथा सम्पादन गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्