Logo

महाअभियोग प्रस्तावको विरुद्धमा नागरिक समाजका अगुवाहरु सडकमा (फोटोफिचर)



काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रका सांसदहरुले सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरे लगत्तै उक्त प्रस्ताव फिर्ताको माग गर्दै नागरिक समाजका अगुवाहरु आज सडकमा निस्किएका छन् ।

डा. गोविन्द केसी, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र, पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, मानवअधिकारकर्मी कृष्ण पहाडी लगायतको सहभागिता थियो ।

बुधबार काठमाडौंका बसन्तपुरमा भएको सभामा सम्बोधन गर्ने सबैले महाअभियोगको आउनु दुर्भाग्य भएको बताएका थिए । उनीहरुले यथाशिघ्र उक्त प्रस्ताव फिर्ता गर्नुपर्ने माँग समेत गरे ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्