Logo

आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्स विजयी



काठमाडौं, २० बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । फिरोज शाह कोट्ला रंगशालमा भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको हो ।

हैदरावादले प्रस्तुत गरेको एक सय ८६ रनको लक्ष्य दिल्लीले पाँच बल बाँकी हुँदा चार विकेटको क्षतिमा भेट्टायो । दिल्लीका लागि कोरी एण्डर्सनले नटआउट ४१, करुण नायरले ३९, ऋशव पन्तले ३४, श्रेयस आयरले ३३ तथा सन्जु सामसुनले २४ रन बनाए ।

हैदरावादका मोहम्मद सिराजले दुई विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ८५ रन बनायो । उसका लागि युवराज सिंहले नटआउट ७०, डेविड वार्नरले ३० तथा  शिखर धवनले २८ रन बनाए पनि हार टार्न सकेनन् ।

दिल्लीका महोम्मद शामीले दुई विकेट लिए । ९ खेलमा तेस्रो जित दर्ता गरेको दिल्ली ६ अंकसहित छैटौं स्थानमा छ । ११ खेलमा ६ खेल जितेर १३ अंक जोडेको हैदरावाद तेस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्