Logo

नयाँ शक्तिका उम्मेद्वारको अपहरण



काठमाडौं २१ बैशाख । नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरीलाई बुधवार साँझ अज्ञात समूहले अपहरण गरेको छ। बुधबार साँझ सवा सात बजे उहाँलाई काठमाडौंको नयाँबजारबाट ४ जनाको समूहले अपहरण गरेको हो। नयाँ शक्ति पार्टीले जित्ने सम्भावना बढी भएको ठाउँ भएकोले पहिलेदेखि नै नयाँ शक्तिका उम्मेद्वारहरुलाई डर, धम्की दिने गरिएको बताइएको छ।

नयाँ शक्ति पार्टी, नेपालले जित्ने पक्का भएकोले विपक्षीहरुले उम्मेद्वार अपहरण गरेको नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी सदस्य हिसिला यमीले बताउनुभयो। वडाध्यक्षका उम्मेद्वार गिरीको खोजी कार्य भइरहेको र प्रहरीलाई खबर गरिएको उहाँले बताउनुभयो। यसअघि गोरखाको भीमसेन गाउँपालिका वडा नं. ५ का वडाध्यक्षका उम्मेद्वारलाई पनि उम्मेद्वारी दिए ज्यान मार्ने धम्की दिइएको थियो।



प्रतिक्रिया दिनुहोस्