Logo

निधिको ठाउँमा गृहमन्त्रीको जिम्मेवारी रमेश लेखकलाई !



काठमाडौं । गृहमन्त्री बिमलेन्द्र निधिले पदबाट राजीनामा दिएपछि रिक्त रहेको गृहमन्त्रीको पदमा नयाँ मान्छे ल्याउने र भएका मन्त्रीलाई नै जिम्मेवारी दिने भन्नेमा विवाद भएको छ । सभापति शेरबहादुर देउवाले भौतिक तथा यातायात मन्त्री रमेश लेखकलाई जिम्मेवारी दिने तयारी गरेका छन् भने अरु नेताले नयाँ पठाउन प्रस्ताव गरेको छ । विवाद भएपछि विमलेन्द्र निधिलाई नै फर्काउने विषयमा पनि छलफल सुरु भएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीस सुशीला कार्कीमाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता गरेपछि निधिले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले बैशाख १७ गते संसदमा प्रधानन्यायधीस सुशीला कार्कीमाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता गरेकै दिन गृहमन्त्री निधिले पदबाट राजीनामा दिनु दिए ।

बुधवार सभापति देउवाले निधिलाई फर्किन आग्रह गरेका थिए । कांग्रेस नेता गोपालमान श्रेष्ठ, रक्षामन्त्री बालकृष्ण खॉड र गृहराज्यमन्त्री इन्द्र बानियॉलाई नै गृहमन्त्रीको जिम्मेवारी दिने विषयमा पनि प्रस्ताव आएको छ । तर लेखकलाई बनाउने तयारी बलियो रहेको एक नेताले बताए ।



प्रतिक्रिया दिनुहोस्