Logo

म काँग्रेस त एमाले,कुरो कहाँ मिल्छ : प्रतिक संग्रामी



काठमाडौं, २१ बैशाख । नेपाली साहित्यको आँखामा वर्तमान समय र समाज जोडिएन भने साहित्य समाजको ऐना हुन सक्दैन । प्रवासमा रहेर बचेखुचेको समयलाई साहित्यको विकासमा दिदै आएका तमाम सर्जक मध्य संग्रामी दाङका हुन । हाल यूएईमा रहदै आएका छन्। 

साहित्य दर्शनको रुपमा फैलिदै विज्ञानका रुपमा विकशित गराउने अभियानमा हिडिरहदा आजभोलिको विषयसँग नजिक रहेर साहित्यलाई हेर्न पुगियो । गजलकार प्रतिक संग्रामीले वर्तमान समयलाई र भावि आउने चुनौतितिलाई गजल मार्फत यसरी व्यङग्य गरेका छन् ।

गजल

भन्नुहुन्छ हाम्रा बाले, कुरो कहाँ मिल्छ ?
म काँग्रेस त एमाले, कुरो कहाँ मिल्छ ??

भाउजु माओबादी, दादाले चाहीं फेरी ।
राप्रपामा भोट हाले, कुरो कहाँ मिल्छ ??

दिदी राष्ट्रिय जनमुक्तिमा, भेनाले उता ।
बैद्यतिर हाम फाले, कुरो कहाँ मिल्छ ??

ज्वाई पहाडी हुनाले, छिर्नै दिन छोडे ।
मधेशतिर ससुराले, कुरो कहाँ मिल्छ ??

घरपरिवार एक नहुदा, छोरा छोरीहरू ।
नयाँशक्ती बन्न थाले, कुरो कहाँ मिल्छ ??

भाईभाई बिचमा युद्ध, चर्किएको हेर्दै ।
रमाउछ दक्षिणवाले, कुरो कहाँ मिल्छ ??



प्रतिक्रिया दिनुहोस्