Logo

रामकृष्णको ‘सारङ्गीको तार’ बजारमा



काठमाडौं, २१ बैशाख । चर्चित एवम् लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘सारङीको तार’ बोलको मार्मिक गीतमा भुवन शर्मा कँडेलको शब्द रहेको छ भने बिशाल ढकालको संगीत रहेको छ ।

भिडियोमा रीमा बिश्वकर्मा र ध्रुब केसीको अभिनय देख्न सकिन्छ । यस गीतलाई दीपेन्द्र केसीले निर्देशन गरेका हुन् । नरेन्द्र सिंहको छायांकन रहेको यस भिडियोलाई चितवन र नवलपरासी आसपासमा छायांकन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्