Logo

प्रचण्ड र देउवा भेटेपछि निधि गृहमन्त्रालय फर्किए



काठमाडौं, २१ बैशाख । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदहरुको हस्ताक्षरसहित प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध संसदमो महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै तिव्र असन्तुष्टि जनाउँदै त्यही दिन पदबाट राजिनामा दिएका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि चार दिनपछि आज गृहमन्त्रालय फर्किएका छन् ।

निधि बिहीबारबाट फेरि गृह मन्त्रालय फर्किएका छन्। बुधबार साँझ पार्टी कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग एक घन्टा लामो भेटवार्ता भएपछि निधि मन्त्रालय फर्किएका हुन्।

स्रोतका अनुसार बिहीबार बिहान पनि बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति देउवा र निधिबीच कुराकानी सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको थियो।



प्रतिक्रिया दिनुहोस्