Logo

प्रचण्ड र ओलीवीच निर्णायक भेटवार्ता सुरु, ओलीले अडान नछोड्ने



काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच छलफल सुरु भएको छ ।

सभामुख ओनसरी घर्तीको कार्यकक्षमा सुरु भएको दुई पक्षीय वार्तामा संविधान संशोधन, आगामी आर्थिक वर्षको बजेट र प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
भेटमा संविधान संशोधन र बजेट लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले ओलीलाई संविधान संशोधन प्रस्तावमा समर्थन गर्न र दोस्रो चरणको चुनावका लागि सहज वातावरण बनाउन आग्रह गर्दै आएका छन् ।
त्यस्तै दोस्रो चरणको निर्वाचन जेठ ३१ गते भएकोले त्यो भन्दा अघि नै अर्थात जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकोले कसरी यस विषयमा सहमति खोज्नेबारे पनि दुई नेताबीच छलफल हुने बुझिएको छ ।

एमालेले निर्वाचन अघि बजेट ल्याउन पाईदैन भनिसकेको छ । उता निर्वाचन आयोगले पनि निर्वाचनको मुखमा बजेट ल्याउन नहुने भनेर लिखित रुपमा सरकारलाई निर्देशन दिईसकेको छ ।

आयोगले पत्राचार गरेर नै निर्वाचन अघि बजेट ल्याउनु आचारसंहित विपरित हुने स्पष्ट पारेको छ त्यस्तै पछिल्लो समयमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावका सम्बन्धमा पनि ओली र प्रचण्डवीच कुराकानी हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्