Logo

किन भेटिन् चिनियाँ राजदुतले ओलीलाई ? यस्तो छ कारण



काठमाडौँ, २१ वैशाख । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत यु हङले भेटवार्ता गर्नुभएको छ ।

पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी गरिएको दलका उपनेता सुवास नेम्वाङले बताउनुभयो ।

राजदूत हङले स्थानीय तहको निर्वाचन र संविधान संशोधनका विषयमा अध्यक्ष ओलीसँग जिज्ञासा राख्नुभएको थियो ।

सो अवसरमा अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचन सम्पन्न गर्न सबै दल एकजुट भएर लाग्ने जानकारी गराउनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्