Logo

एनआरएन अमेरिकाको निवार्चन माहोल, पोख्रेलको जित पक्का



रमेश दुवाडि काठमाडौँ  : आगामी एन आर एन अमेरिकाको निवार्चनमा अनिश्चतताको कालो बादल छाउदै गर्दा निर्वाचन जसरी पनि हुन्छ र जसरी पनि निर्वाचन गराई एन आर एन ले आफ्नो गतिबिधी विस्तार गर्दै अगाडि बढ्नु पर्ने कुरामा जोड दिदै हिंडेका एन आर एन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल सदैब नेपाली हरु को मन, मस्तिस्कमा रहदै आयको नाम हो।

सधै असहज परिस्थितीमा चुनाबी मैदान मा उत्रने यिनी यस पटक पनि यस्तै परिस्थिमा प्रबेश गरेका थिए , तर समयले कोल्टो फेर्छ भने जस्तै उन को माहोल एस्तो बन्दै गरेको छ कि बर्तमान अध्यक्ष केशब पौडेल चुनाबी प्रतिस्पर्धा बाट बहिरिने प्राय निष्चित भई सकेको छ।

केशब पौडेलका अत्यन्त मिल्ने मित्र मध्यका कृष्ण पोख्रेल आगामी अध्यक्ष बने केशब पौडेल को लागि केन्दिय महासचिब को लागि शहज हुने र प्रतिश्पर्धा बाट परजयी बेहोरे, अहिले सम्म कमाएको सबै ख्याती समप्त हुने तथा केन्दिय महासचिब पनि कुनै हालत मा बन्न नसकिने देखेर आहिले कृष्ण पोख्रेललाई अध्यक्ष बनाउन केशब पौडेल आँफै लागि परेका छन्।

केशब पौडेल आफु चुनाबी मैदानबाट बहिर हटे सबै अध्यक्षको प्रतिस्पर्धीहरुले केन्दिय महासचिब लागि सहयोग गर्नेछन अन्यथा केशब पौडेलको सपना राम चन्द्र पौडेलको सपना सरह हुने कुरा बिज्ञहरु बताउछन्।

आम नेपालीहरुको भावनाको सदैब कदर गर्दै निवार्चनको माहोल बनाउन लागि पर्ने जुझारु नेताको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल युवा अभियन्ता कृष्ण पोख्रेल एन आर एन अमेरिकाका सबै भन्दा योग्य र सक्ष्यम उमेद्वार हुन्। सबै सँग राम्रो सम्बन्ध कयम राख्न सक्ने यिनी सबै को साझा उमेद्वार हुन्। निवार्चनलाइ स्वतन्त्र र सहज बनाउनु पर्ने कुरा औल्याउदै आजका यी अभियन्ता जस्तोसुकै परिस्थिति मा पनि नेपाल र नेपालीको हित मा उभिदै आएका छन् । चाहे त्यो नेपालमा गएको भुकम्पको अवस्था मा होस् वा नेपाल विरुद्ध भएको भारतीय नाकावन्दीको असर होस्

एन आर एन अमेरिकाको निवार्चन नजिकिदै गर्दा केहि अध्यक्ष पदका प्रतिस्पर्धी हरुले समयको दुरुपयोग गर्दै नक्ल्ली सदस्य वनाएको भनी प्रचार भैरहएको अवस्थामा यिनीले सदैव नक्ल्ली सदस्यताले सस्था लाई दिर्घकालिन असर गर्ने कुरा मा सचेत गराउंदै ,सँस्था लाई दुइ कार्यकाल सम्म नेतृत्वदायी भूमिका दिन सफल यीनी प्रतिस्प्रधी मध्येका सबै भन्दा अनुवभी र दक्ष्य उमेद्वारको रुपमा चिनिन्छन।

सँस्थाको महासचिव र वर्तमान वरिष्ठ उपाध्यक्षको सफल कार्यकालपछि अध्यक्ष पदको स्वाभिक उमेद्वारीमा उनको जित निश्चित छ। उनले अध्यक्ष केशव पौडेलको कार्यकाल सफल बनाउन अहम भूमिका निर्वाह गर्दै निर्वाचनमा होमिदै आएका यिनी आगामी एन आर एन अमेरिकाको निवार्चन आफुले हात पार्ने कुरा मा ढुक्क देखिन्छन।



प्रतिक्रिया दिनुहोस्